लण्डन । लण्डन र काठमाडौंबीच नियमित सीधा हवाई उडान सुरु गर्नबेलायतका पूर्वमन्त्री तथा चौथो कार्यकालका सांसद ग्यारेथ थोमसले औपचारिक रूपमा एक पिटिशन दर्ता गर्दै अभियानको सुरुवात गरेका छन्।
पिटिशनमा उल्लेख गरिएको छ, ‘बेलायतस्थित नेपाली समुदाय बेलायतका सबैभन्दा तीव्र गतिमा बढिरहेका प्रवासी समुदायमध्ये एक हो । बेलायत र नेपालबीचको सम्बन्ध ऐतिहासिक, गहिरो र दिर्घकालीन रहँदै आएको छ, जुन नेपाली गोर्खाहरूको ब्रिटिश सेनामा रहेको ऐतिहासिक योगदानले अझ मजबुत बनेको बताइएको छ।’
हाल लण्डन र काठमाडौंबीच कुनै पनि नियमित व्यावसायिक सीधा उडान नभएको कारण नेपाली मूलका परिवार, विद्यार्थी, राहतकर्मी, र व्यापारीहरूले अनेकौं ट्रान्जिट पार गर्दै लामो र महँगो यात्रा गर्नुपर्ने वाध्यता रहेको पिटिशनमा उल्लेख छ। यसले खासगरी वृद्ध, अशक्त तथा साना बालबालिकासहितका यात्रुहरूलाई ठूलो कठिनाइ हुने जनाइएको छ।
पिटिशनमा भनिएको छ, ‘हामी यूके सरकार, ट्रान्सपोर्ट विभाग र सिभिल एभिएसन अथोरिटी (सीएए) सँग आग्रह गर्दछौं कि लण्डनका प्रमुख विमानस्थलहरू हिथ्रो, ग्याटविक र स्ट्यानस्टेड तथा ब्रिटिश एयरलाइन्सहरूसँग सहकार्य गरी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा उडान सञ्चालनको सम्भाव्यता अध्ययन गरियोस्।’
पिटिशनमा नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूले पनि हस्ताक्षर गरेर सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। सांसद थोमसले भनेका छन्, ‘यो पहल बेलायत र नेपालको ऐतिहासिक सम्बन्ध अझ गहिरो बनाउने र दुई देशबीचको पर्यटन, व्यापार तथा पारिवारिक सम्बन्धलाई बलियो बनाउने दिशामा एउटा महत्वपूर्ण कदम हुनेछ।’
सांसद ग्यारेथ थोमसका सहयोगी आरके त्रिपाठीले
काठमाडौंको सिधा उडानको सम्भावनाको बारेमा सांसद ग्यारेथ थोमसले गर्नु भएको यो पहलले युरोपमा बसोबास गर्ने सबै नेपाली नागरिकहरूलाई फाइदा पुर्याउने र नेपालको पर्यटन उद्योगलाई सहयोग गर्नेछ।उनले भने !पिटिशनमा भाग लिन यहाँ क्लिक गर्नुहोला https://www.gareththomas.org.uk/flights-to-kathmandu-petition/






