पत्रकार श्याम लुइंटेल बने एनआरएन यूके प्रवक्ता

लन्डन  ! पत्रकार श्याम लुइंटेल एनआरएन एनआरएनए यूके राजेन्द्र पुडासैनी नेतृत्वको कार्यसमितिको प्रवक्तामा मनोनित भएका छन्।

पुडासैनी नेतृत्वको कार्यसमितिले लुइंटेललाई प्रवक्ता मनोनित गरेको हो।

प्रवक्ता मनोनित लुइंटेल नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। लुइंटेलले एनआरएनए यूकेमा पनि यसअघि एक कार्यकाल कोअप सदस्यको रुपमा कार्यसमितिको अनुभव बटुलेका थिए।
आफूलाई प्रवक्ता मनोनित गरेकोमा लुइंटेलले एनआरएनए यूकेको सिंगो कार्यसमितिप्रति आभार प्रकट गरेका छन्।