बेलायतको गुल्मेली मेलाका लागि चर्चित गुल्मेली कलाकार अर्जुन कुवरको भिषा लाग्यो? अरु के छन् आकर्षण

लन्डन । बेलायतको गुल्मेली भेला अगष्ट ३ आइतबार हुने भएको छ ।

गुल्मी जिल्ला समाज यूकेले अगष्ट ३ तारिख आइतबार लन्डन फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स एण्ड लिजरको मैदानमा वार्षिक भेला गर्ने भएको हो ।

खुल्ला मैदानमा १७ औं वार्षिक भेला उत्कृष्ट र प्रभावकारी बनाउन कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगाको समितिले व्यापक तयारी गरेको छ।

समाजका महासचिव महलाल घिमिरेलेका अनुसार
कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गुल्मेली कलाकार गायक अर्जुन कुवरको भिषा लागि सकेको लण्डन नेपाल न्युजलाई बताए।

महासचिब घिमिरेले भेलामा कलाकारका सांगीतिक प्रस्तुति र नौमती बाजासंगै गुल्मेली झयाउरे, ठाको भाकादेखि भजन र तीज गीतसम्मका नाचगानहरु हुने भएकोले उपस्थितका लागि अनुरोध गरेका छन्।

प्रथम नौमति बाजा गुल्मी यूके समूहको प्रस्तुतिका साथै विविध मौलिक गुल्मेली सांस्कृतिक कार्यक्रम र ख्यातिप्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुति गर्ने भेलाका थप आकर्षण रहनेछन्।

समाजका अध्यक्ष रुद्र थापाले कार्यक्रमको तयारीका कामहरु तिब्र रुपले भइरहेको जानकारी दिदै भेलामा बेलायतवासी सबै नेपालीलाई सहभागी हुन हार्दिक अपिल गरेका छन् ।

कार्यक्रमस्थलमा सम्पूर्ण खाना रारा क्याटर्सले उपलव्ध गराउने भएको राराका प्रमुख प्रताप रायमाझीले बताए ।त्यस्तै विभिन्न व्यपारिक स्टहरु पनि राखिनेछ छन् ।बालबालिकाका लागि बाउन्सी क्यासलसहितका मनोरञ्जन पनि रहनेछन् ।

कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ ।