पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२५ आयोजना गरि २९ जुन २०२५ का दिन भब्यरूपमा सम्पन्न गरेको छ।
उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ती नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाज गरि पाँच संस्थाहरूबाट १४ टोलि सम्मीलित भएका थिए।
गोलापोला गरि चार समुहमा बिभाजन गरि ‘लिग’, ‘नक-आउट’ चरण गरि सम्पन्न गरिएको थियो। ‘लिग’ चरणमा २१ अंकको एक खेल २ अंकको अन्तरले जित्ने र नक-आउट चरणका खेलहरु ‘बेस्ट अफ थ्री’ मा पहिला दुई खेकहरुमा २ अंकको फरक र तेस्रो खेलमा ‘डेड किल’ गरि खेलाइएको थियो।
प्रतियोगिताको औपचारिक उद्घाटन पिटरबरो नेपाली समाजका कार्यसमिति अध्यक्ष केशव खतिवडा र ट्रस्टी संयोजक महेश अधिकारीले संयुक्तरुपमा गर्नुभएको थियो।
पिटरबरो हाईस्कूलको खेलकुद हलमा भएको कार्यक्रम तोकिएको समयमै उद्घाटन र समापन गरिएको थियो। प्रतिस्पर्धाका दौरान खेलाडी तथा दर्शकहरूलाई चियापान, फलफुल र खाजाको निशुल्क ब्यवस्थापन गरिएको थियो। प्रतिस्पर्धा पश्चात् खेलाडीहरुलाई निशुल्क र अतिथिहरुलाई सहुलियतमा स्थानीय गोर्खा टेस्ट रेस्टुरेन्टमा स्वादिष्ट भोजनको ब्यवस्थापन गरिएको थियो। नास्तापानीको ब्यवस्थापन स्थानीयहरुबाट प्राप्त स्वैच्छिक सहयोगमा गरिएको थियो। प्रतिस्पर्धाको लागि स्थानिय ब्यवसायिहरुले नगद सहयोग गर्नुभएको थियो।
पिटरबरोमा हरेक हप्ता आइतबार हुने ब्याडमिन्टन तालिमको चुस्त ब्यवस्थापन गर्नुहुने अर्जुन भण्डारी र तालिममा सबैभन्दा धेरै उपस्थित हुने नयाँ सदस्यहरु सृष्टि सापकोटा र राम कार्कीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।
निके रोमाञ्चक प्रतिस्पर्धामा शान्ति नेपाली समाज वेलायतका पदम शाही र निशान बुर्लाकोटीको टोलिले पिटरबरो नेपाली समाजका तिर्थ दुरा र उदम दुराको टोलीलाई लागातार दुई खेलमा पछि पारेर प्र्थम स्थान हासिल गर्न सफल भए। त्यसै गरि पिटरबरो नेपाली समाजका दल थापा र अर्जुन भण्डारीले पिटरबरोकै शंकर थापार र अभय सिग्देलको टोलिलाई पछि पार्दै तेस्रो स्थान हाँसिल गर्न सफल भय।
प्रथम टोलिलाई स्वर्ण कप, नगद एकसय पौण्ड, द्वितीय टोलिलाई रजत कप र सत्तरी पाउण्ड र तृतीय टोलिलाई कास्य पदक र पचास पाउण्ड र सम्पूर्ण खेलाडीहरुलाई प्रमाणपत्र पिटरबरो नेपाली समाजका अध्यक्ष केशव खतिवडा र ट्रस्टी संयोजक महेश अधिकारीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। आयोजकका तर्फबाट डा. राजु सापकोटाले नेपाली समाजमा स्वास्थ सचेतता अभिवृद्धि गर्दै सामाजिक अन्तर्घुलनलाई बढावा गर्ने उद्देश्यले ब्याडमिन्टन प्रतिस्पर्धा आयोजना गरिएको प्रष्ट पार्दै सहभागी स्वैच्छिक सहयोग गर्ने चन्दादाताहरु, सम्पूर्ण खेलाडी र संघसंस्थाका प्रतिनिधिहरुलाई सधन्यवाद कृतज्ञता जाहेर गरि कार्यक्रमको समापन गर्नुभयो।






