लन्डनको नेपाली दूतावासमा मनाइयो १८ औं गणतन्त्र दिवस (फोटो फिचर)

लन्डन । नेपालमा गणतन्त्र स्थापनाको सम्झनामा हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस बिहीवार लन्डनस्थित नेपाली दूतावासमा पनि विशेष समारोहका साथ १८ औं गणतन्त्र दिवस मनाइएको छ ।दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले उक्त कार्यक्रम
सञ्चालन गरेका थिए

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र संस्थागत गर्ने काम भइरहेको जनाउंदै गणतन्त्र ल्याउन आफ्नो जीवन उत्सर्ग गर्ने सबै शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरे।

राजदूत घिमिरेले आफ्नो साढे ४ महिनाको कार्यकालमा दूतावासबाट धेरै काम भएको बताए । व्यापार लगानी सम्मेलन, भूतपूर्व गोर्खाहरुको समस्या सम्बोधनका लागि छलफल, बेलायत र नेपालको न्यायपालिकाबीच सहकार्य सम्झौता रहेको बताए

बेलायतबाट नेपालको लागि यहांका नेपाली कसले के योगदान गर्न सक्छन् त्यो महत्वपूर्ण भएको राजदूत घिमिरेले बताए ।

कार्यक्रममा नेपालका रक्षा सचिव रामेश्वर दंगाल, ननिटन मेयर भीम सारु, काउन्सिलर रोजिना प्रधान राई, नायिका निती शाह, स्वामी डा. योगी विकासानन्द, गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय नेता कुल आचार्य संघका अन्य पदाधिकारीहरू,तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी तथा व्यवसायीहरू लगायत बेलायतको विभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो ।