लन्डन ! गुल्मी जिल्ला समाज युकेले मृर्गौला पिडीत गुल्मेली चेली कमलालाई ४ लाख १६ हजार आर्थिक सहयोग गरेको छ।
गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मृगौला पिडीत एकल महिला कमला थापामगर खत्रीलाई समाजले चार लाख १६ हजार २० रुपैया सहयोग गरेको हो ।
समाजको आव्हानमा बेलायतमा संकलन गरिएको उक्त रकम मंगलबार काठमाडौंमा पीडितलाई हस्तान्तरण गरिएको सहयोग संकलन संयोजन गरेका समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले लण्डन नेपाल न्यूजलाई बताए ।
आर्थिक अभावका कारण कमलाको उपचारमा कठिनाइ भएपछि परिवारको आग्रहमा बेलायतमा आर्थिक संकलन गरिएको थियो।
दुवै मृगौला फेल कमलाको मेरुदण्डमा समेत समस्या रहेकाले कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा छ । उपचारका लागि परिवारले सक्दो कोशिस् गर्दै आएपनि निकै खर्चिलो भएपछि सहयोगका लागि समाजसंग याचना गरिएको थियो।
सहयोग संकलन संयोजक एवम् समाजका संस्थापक अध्यक्ष काउछाले कमलाको सहयोगार्थ बेलायतमा आर्थिक संकलनमा सहयोग गर्ने समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे र कार्यसमिति सहित सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।
समाजले पठाएको रकम काठमाडौंमा उपचाररत पीडितसम्म हस्तान्तरण गरिदिने रुपा राना र पिन्की रानालाई पनि उनले धन्यवाद दिए ।
गुल्मी जिल्ला समाजले स्थापनाकालदेखि नै विभिन्न परोपकारी काम साथै दैवीप्रकोप, आपतविपत र उपचार खर्च अभावमा परेकाहरुलाई पनि सहयोग गर्दै आएको छ ।
सेवा नै पुन्य धर्म
एक थुकी सुकी सयौ थुकी नदी भन्ने उखान लाई आत्मा साथ गर्दै सहयोग गरी एकाबद्धता जनाइ दिनु हुने दाता हरू ।
(1) Om Thapa Kaucha £21.
(2)Top palli £20.00
(3) Tika Ram Thapa £20
(4) Sher Balal NCR 16000/-
(5) Ram Galami £50
(6) Tam Dhega £20.
(7) Dalprasad Galami £30
(8) Chandra Thapa £20
(9) Nar Bdr Thapa £20
(10) Durga Burathoki £ 20
(11) Rabi Thapa £25
(12) Chhabi Thapa £20
(13) Kumar Rana £20
(14) Rudra Thapa £20
(15) Maha Lal Ghimire £ 20
(16) Lal and Sanu Thapa £55
(17) Kisan Pun £20
(18) Tej Ranamagar £20
(19)Barun Bhandari £21
(20)Mukunda Hari kharal £21
(21) Gokarna Bashnet £20
(22) Chhetra Pun £20
(23)Mekh Raba £20
(24)Gyanendra kumar Thapa £100
(25) Ravi Gurung. £100
(26) Sanjib Pun £20
(27) Dpak Shrestha £50
(28) Kopila Thapa £20
(29)Ram Rana £20
(30) Nirmala Galami£50
(31) Dev Biswokarma £31
(32)Om Burathoki £20
(33)Dev Rana £25
(34)JB Rana £20
(35)Radha kharel £20
(36)Tek Thapa £20
(37) Sushma Thapa £31
(38)Ammar Balal £20
(39) Uttam Thapa £20
(40)Man Gurung £25
(41)D Thapa £25
(42)Bhishma Shahi £20
(43) Raj Kumari Balal £50
(44) Khim Galami £20
(45) Ram Gurung £50
(46) Yam Thapa £30
(47) Dil & Bimala Balal £50
(48) Min & Chandra Galami £50
(49) Man Thapa £20
(50) Thaman Rana £20
(51) Gun Bdr Thapa £20
(52) Hom Kuwnwr £25
(53) Prem Gurung(A)£21
(54)Indra Sing £20
(55) Man Thapa £20.
(56) Nanda Galami £51
(57) Bishnu Bdr Shreshta £25
(58) Lal Darlami £20
(59)OM/Ganga Rana £50
(60)Ganish Sapkota £20
(61) Krishna Sapkota £21
(62) Dipak Thapa Mahithani £22
(63) Ratna Kaucha £20
(64) Purna Thapa £22
(65) Maya Pun £20
(66) Divi Rana £20
(67) Ashok Thapa £20
(68) Tank Thapa £30
(69) Sudip Rana £20
(70) Tikaram Darlami 20
(71) Vesh Thapa £25
(72) Perm Psd Gaire 21
(73)Indra Shrestha £50
(74) Arjun Gutam £20
(75) Bhim Rakas £100
(76) Gayan Chantal £100






