लन्डन आइपुगे नेकपा एमाले नेता सांसद मन बहादुर गुरुङ विमानस्थलमा भब्य स्वागत

लन्डन । नेकपा (एमाले) बाट कास्की क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुगेका छन् ।

पारिवारिक र राजनीतिक भेटघाटका लागि संघीय सांसद मनबहादुर शनिबार बिहान हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । सांसद गुरुङको साथमा पत्नी र जेठी छोरी पनि छन् ।

उनीहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, आफन्तलगायतले भव्य स्वागत गरेका छन् ।

सांसद गुरुङ बेलायतमा दुई साता रहने कार्यक्रम छ ।