शिब भण्डारी
लन्डन । सोंपाल समाज युकेले बृहत कार्यक्रम गर्दै धुमधामले ल्होछार मनाएको छ ।
जनाबरी ४ तारिक २०२५ शनिबार लन्डनको ग्रिनफोर्डस्थित टाउनहलमा भव्य रूपमा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र समाजकी ज्येष्ठ सदस्य शान्ता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा ल्होसार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, धर्मपत्नी आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र निवर्तमान अध्यक्ष हरि गुरुङ एबम धर्मपत्नी आमा समूह निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ र नेपालबाट आउनुभएका धर्मगुरु धिरबहादुर गुरुङ विशिष्ट अतिथि रहेका थिए ।
संस्थाका महासचिव क्या. मोहन गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक भरत गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । आमा समुहले भजन प्रस्तुत गरेका थिए ।आमा समुहकी अध्यक्ष मन देबि गुरुङले उपस्थित सबैलाई शुभकामना व्यक्त गरेकी थिइन् ।
औपचारिक कार्यक्रम पछि सांस्कृतिक सत्रमा विभिन्न स्थानीय कलाकारले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरेका थिए सो अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकार राज बहादुर गुरुड तथा निता गुरुडले बेजोड प्रस्तुति दिए ।
मनोरञ्जनात्मक कार्यक्रम सांस्कृतिक सचिव सिर्जना गुरुङ र निलम गुरुङले सञ्चालन गरेका थिए ।
अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद दिँदै नयाँ वर्षको शुभकामना सहित कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा तमुधिं नवनियुक्त अध्यक्ष जुमकाजी गुरुङ, निबर्तमान अध्यक्ष हरि गुरुङले शुभकामना दिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरियो । आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएर सबैले हर्सौल्लास साथ ल्होछार मनाए ।
उत्साहजनक उपस्थितिमा सम्पन्न ल्होसारमा सस्थापक अध्यक्ष बिजय गुरुङ पूर्व अध्यक्षहरु कार्यसमिति ट्रस्टी हरुले खुसि प्रकट गरेका छन्।

कार्यक्रममा समाजका ट्रस्टी डेबिड गुरुङले ल्होछारको सुभकामना दिदै उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरेका थिए।







खानाको ब्यबस्थापन गोर्खा दरबार रेस्टुरेन्टले गरेको थियो भने साउन्ड इन्जिनियर सुशील गुरुङ थिए। 





















