लन्डन। गुल्मी जिल्ला समाज यूकेले गर्दै आएको वार्षिक च्यारिटी कार्यक्रम डिसेम्बरमा हुने भएको छ।
३१औं विश्व अपांगता दिवसको अवसरमा डिसेम्बर १ तारिख आइतबार मिडल्याण्ड लेस्टर स्थित मार्केट हार्बरोस्थित हार्बरो टाउन कम्युनिटी सेन्टरमा गरिने भएको हो।
नेपालका अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम तयारीका सम्बन्धमा लण्डन नेपाल न्यूज संगको संवादमा अध्यक्ष रुद्र थापा एबम कार्यक्रम संयोजक उपाध्यक्ष मुकुन्द खरेल तथा महासचिव महालाल घिमिरेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र यस पुनीत कार्यमा सहभागिता जनाउन सबैलाई गुल्मी जिल्ला समाज युकेले निमन्त्रणा गरेको बताए ।
त्यस अवसरमा नेपालबाट आएका गुल्मेली कलाकार दीपक धर्ति मगर तथा रेजिना परियार र रुबिना अधिकारीले आफ्नो सांगीतिक प्रस्तुति दिने साथमा प्रथम गुल्मेली नौमती बाजा र डिजेको प्रस्तुतिका साथै स्थानीय कलाकारले पनि नृत्य देखाउने छन्।साथमा फरक क्षमता भएका अतिथिहरु पनि कार्यक्रममा सहभागी हुनेछन्।
कार्यक्रमको लागि खाना व्यवस्थापन संयोजनको जिम्मा च्यारिटी कार्यक्रमका सहसंयोजक एबम कार्यसमिति सदस्य सुरेश केसीले गर्ने भएका छन्।
कार्यक्रम दिउसो १ बजे बाट सुरु गर्ने र साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश शुल्क £ २५ तोकिएको छ,।
नेपालका अपांगता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सामाजिक सहयोगको अद्वितीय अवसर हुने छ।

समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछा बाट २००७ सालमा स्थापना भएको समाजले धेरै परोपकारी काम गर्दै आएको छ ।






