लन्डन- ‘चार्ल्टन नेपाली समाज यूके’ ले नेपाली नयाँ वर्ष एक फरक कार्यक्रमसहित मनाएको छ।
मे १२ तारिख आइतबार बक्स हिलमा समाजले नयाँ वर्षको अवसरमा ‘हाइकिङ एन्ड पिकनिक’ कार्यक्रम भब्य बनेको समाजका महासचिव वसन्त खनालले बताए ।
कार्यक्रममा दिनभर हाइकिङ, पिकनिक र अन्य मनोरञ्जनपूर्ण गतिविधिहरु सञ्चालन गरिएको थियो ।
समाजकी अध्यक्ष सीता अर्यालले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने तथा कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्।
कार्यक्रम संयोजक कार्यसमिति सदस्य किरण सापकोटाले उत्साहपूर्ण सहभागिता रहेकोजानकारी दिए। 










