नवलपुर जिल्ला समाज यूकेको अध्यक्षमा मिना सापकोटा समितिमा अरु को को आए ?

शिब भण्डारी

लन्डन। नवलपुर जिल्ला समाज यूकेको अध्यक्षमा मिना सापकोटा निर्बाचित भएकी छन्।

नेपालको नवलपुर जिल्लाबाट बेलायत आएर बसोबास गरिरहेका नवलपुरवासीहरुको संस्था ‘नवलपुर जिल्ला समाज बेलायत’ले तेश्रो साधारण सभा सम्पन्न गरेको छ ।

अप्रिल १३ शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो ।उक्त साधारणसभाले मिना सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको हो ।

जसको उपाध्यक्षहरुमा – सन्तोष रेग्मी , प्रकाश कण्डेल , युवराज राना निर्वाचित भएका छन् ! यसै गरि महासचिबमा -बिकेन राना, कोषाध्यक्षः- डा. खुम राज पाठक र एडमिनमा ज्योती रजाली मगर रहेकी छन्।
यसै गरी सदस्यहरुः- बिश्व जीत थापा, किताबी सारु, चित्रा देवकोटा, नारायणी कंडेल, शुसिल शर्मा गैह्रे, कमल भुषाल, ऋषि सापकोटा, रमेश कोईराला रहेका छन्।

सल्लाहकारहरुमा – होम शर्मा, टिकाराम सापकोटा, ईन्द्रजित सारु मगर, महेश देबकोटा, डा. हेम शर्मा सापकोटा रहेकाछन्।

कार्यक्रममा नवलपुरेहरुले नया बर्ष २०८१ को शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रममा नेपाल बाट आएकी चर्चित कलाकार मुना मगरले सम्पूर्ण नवलपुरेलाई नचाएर भरपुर मनोरंजन गराएकी थिईन ।