नेपाली समाज नटिंघम महिला समूहले भब्यताका साथ मनायो नारी दिवस

लण्डन -नेपाली समाज नटिंघम महिला समूह (NOTTINGHAM WOMAN FOUNDATION) ले  एक विशेष कार्यक्रमबीच ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।

नटिंघम महिला समूहकी अध्यक्ष श्रीमती निरु चालिसेको सभापतित्वमा सम्पन्न यो बिशेष कार्यक्रममा नटिंघमबासी महिलाहरुको बाक्लै उपस्थिति र सहभागिता थियो ।

एउटै स्टाइलको नेपाली पोशाकमा सजियेर उपस्थित हुनुभएका महिलाहरु अत्यन्तै सभ्य, सक्रिय र आआफ्नो रोलमा ब्यस्त देखिनुहुन्थ्यो ।

कार्यक्रम्को उद्घाटन महिला समूह की बर्तमान अध्यक्ष, नेपाली समाज नटिंघमका सस्थापक अध्यक्ष र नेपाल बाट बेलायत भ्रमणमा आउनु भएका 2 बृद्धा आमाहरु बाट पानसमा बत्ती बालेर गरिएको थियो । स्थानीय महिला कलाकार मेनुका कंडेल, मेनुका बस्नेत, मीना सापकोटा, माया चौधरी, सरिता गौतम, मन्जु गौतम, रस्मी सापकोटा अर्यालको टिम, अमिसा नेपाल, सरस्वती गिरि, सगिता, सुमित्रा गौतम, कला भट्टराई लगायत अन्य धेरै महिलाहरुले नेपाली कला सस्कृतिलाई झल्काउने प्रस्तूतिहर दिनु भएको थियो । भरपुर मनोरन्जनात्ंक उक्त कार्यक्रम श्रीमती सकुन्तला भट्टराईले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाली समाज नटिंघमका सस्थापक अध्यक्ष-श्री रण बहादुर केसी, पुर्ब अध्यक्ष श्री प्रबिण पान्डे, पुर्ब अध्यक्ष एवं साझा नेपाली समाज युकेका अध्यक्ष श्री हिरा सापकोटा एबं बर्तमान कार्यसमितिका अध्यक्ष श्री राम प्रसाद पन्थी, एन आर एन ए यूके इन्गल्याणड राज्य समन्वय परिषदका अध्यक्ष श्री शम्भु अर्याल, नेपाली समाज नटिंघमका उपाध्यक्ष्य द्वय: मकुनदा खराल, लोकनाथ अधिकारी र माहासचिब रेशम खड्का उपस्थित भाई कार्यक्रमलाई समर्थन र स्वागत गर्नु भएको थियो ।

कार्यक्रम “द कलक बार” मा खानपिनको ब्यबस्था सहित सम्पन्न गरिएको थियो । कार्यक्रममा कल्पना गौतम, मन्जू दुम्रे लगायत स्वयम सेबी टिंम लिडरहरुले कार्यक्रममा को आयो को गयो, खान्पिंको रेखदेख लगायत अतिथीहरुलाई ब्याच लगाउने मूना गौतम ले ब्यबस्था र आसन गराउने काम गर्नु भएको थियो ।

महिला समुहका पुर्ब अध्यक्षहरु, गीता भट्टराई, अर्चना हमाल, कल्पना गुरुङको उपस्थिति र सहभागिताले कार्यक्रम अझ ब्यबस्थीत देखीन्थ्यो । महिला समूहका सस्थापक दिदिबहिनीहरु लक्ष्मी पन्थी र मीना भण्डारीले कार्यक्रमलाई सहयोग स्वरुप आर्थिक सहयो गर्नुहुने अतिथीगणलाई एक एक मायाको चीनो प्रदान गर्नु भएको थियो । कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहने सपूर्णमा हार्दिक धन्यबाद दीदै कार्यक्रममा सभागी हुनुहुने सबै कलाकार दिदिबहिनिहरुलाई आभार प्रकट गर्नु हुदै ११४ औ बिस्व महिला दिवस ले महिलाहरुलाई परेका पीडा, अफ्ठ्यारा र बिबिध बाध्यताहरुबाट सबैलाई मुक्ति मिलोस र नटिंघमबासी दिदिबहिनीहरु सधै एकताबद्ध भएर अघि बढ्ने आशा र प्रतिबद्धता जनाउदै अध्यक्ष श्रीमती निरु चालिसेले औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्नुभयो । कार्यक्रम बिहान ११ बजे देखी बेलुका ५ बजे सम्म चलेको थियो ।