लन्डन– वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतकलाकारहरु सम्मिलित ‘मह जोडी टुर २०२३‘ भव्य रुपमा सफल भएको छ ।
लण्डन ह्यारो लेजर सेन्टरमा गत शनिबार र गत आइतबार अल्डरसटस्थितएम्पायर हलमा खचाखच दर्शकबीच मह जोडीले आफ्नो बेजोड प्रस्तुति दिएरसयौं नेपालीको मन जिते ।
दुवै कार्यक्रममा मह जोडीले नेपालमा बढ्दै गएको भ्रष्टाचार र बेथितविरुद्धचोटिलो प्रहार मात्र गरेनन्, आफ्ना चर्चित गीत पनि गाएर दर्शक नचाए ।
कार्यक्रममा मह जोडीले बेलायतका दर्शककै लागि तयार गरेका ‘नयाँप्याकेज’ प्रस्तुत गरेका थिए।
प्रसिद्ध अंग्रेजी गीत ‘जिङ्गल बेल’ गाउँदै गरेका हरिवंश आचार्य छोराकोभूमिकामा थिए भने मदनकृष्ण बाबुको भूमिकामा। मदनकृष्णले आफ्ना सातपुस्तालाई पुग्ने सम्पत्ति आफूले कमाइ दिएको बताउँदै गर्दा ‘छोरा’ हरिवंशलेचाहिँ भ्रस्टाचारको पैसा आफूलाई नचाहिने बरु बाबुलाई नै जेल पठाउनेचेतावनी दिए।
विगत ४५ वर्षदेखि संगै काम गरिरहेका मह जोडीले अर्को प्रहसन ‘प्रश्नोत्तर’ मादिवंगत राजा वीरेन्द्रदेखि नेपालमा हाल प्रतिबन्धित टिकटकका मालिककोजिज्ञासा चिनियाँ भाषामा प्रस्तुत गर्दै रोचक जवाफ पनि दिएका थिए।
उनीहरुले नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने अवस्था कसरी आयो भन्दैप्रश्न गरेका थिए।
७३ वर्षको उमेरमा पनि सक्रिय रहेका वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले‘फूलबुट्टे सारी’ गीत गाउन थालेपछि दर्शकहरु स्टेज नजिकै गएर नाचेकाथिए।
त्यस्तै चर्चित कलाकार आचार्यले ‘साझा बसमा जो पनि चढ्द छ’ लगायतगीत सुनाउँदा माहोल तातेको थियो ।
ह्यारोमा चर्चित गायक प्रकाश सपूतले पनि महसंगै नेपाली दर्शकलाई नचाए ।सपूतले ‘डांडा घरे साइँली,’ ‘फूलमाया’ लगायत चर्चित गीतहरु गाएर दर्शकनचाएका थिए ।
दुवै कार्यक्रममा मदन कृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना, शर्मिला बर्देवा रअल्डरसटमा गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनिप्रस्तुति दिए ।
कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भिम तामाङलेबेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा समस्त दर्शकहरुप्रति हार्दिकआभार व्यक्त गरेका छन् । ‘दर्शकहरुको न्यानो माया र सहभागिताले मह टुरभव्य भएको छ । यसबाट हामीलाई राम्रा कलाकार र कार्यक्रम दिन सकेदर्शकको मन जितिने रहेछ भन्ने विश्वास बढेको छ,’ तामाङले भने ।
उनले ह्यारो कार्यक्रममा सहभागी भएकोमा राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीयमेयर, अतिथिहरु र अल्डरसटमा सहभागी दूतावासकी नियोग उपप्रमुख रोशनखनाल, मिडवे काउन्सिल मेयर निना गुरुङ लगायत प्रायोजक सबैमा आभारव्यक्त गरे । सिइओ तामांगले ‘मह जोडी टुर २०२३‘ की चिफ कोअर्डिनेटरमधु गुरुङ, कोअर्डिनेटर प्रतिमा जोशी, बिमला सेने, मिना गुरुङ, अञ्जना गुरुङलगायत ‘प्रोजेक्ट टुगेदर’ का सबै सदस्यहरुलाई पनि हार्दिक धन्यवाद दिए।
द गोर्खा सेन्टरले गोर्खा भेट्रानहरुको सहयोगार्थ ‘मह टुर’ आयोजना गरेकोथियो ।
वरिष्ठ कलाकार हरिवंश आचार्य र जीवनसंगिनी रमिला बुधवार बिहानअमेरिका प्रस्थान गरेका छन् भने
वरिष्ठ कलाकार मदनकृष्ण र छोरी सराना बिहीबार नेपाल फर्कने छन् ।कलाकार यमन श्रेष्ठले भने नयाँ वर्ष २०२४ को पूर्व सन्ध्या आकाशमा बिताउँदै१ जनवरीमा नेपाल पुग्ने बताए।
तस्बिर: युद्ध पुन






