काठमाडौं । गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ। संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो।
काठमाडौंमा पत्रकार सम्मेलनबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार गर्ने ति पत्रकारलाई फेलोसीप प्रदान गरिएको छ।
फेलोसीप पाउनेमा लन्डनमा रहेका कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल सहित ६ पत्रकारलाई एनआरएनए फेलोसीप पुरस्कार दिएको छ
यसै गरी रातोपाटी डटकमका राजकुमार सिग्देल छन्। उनले विगतदेखि वर्तमानसम्म परोपकारी काममा गैरआवासीय नेपाली संघको भूमिका विषयमा रिपोर्ट तयार गरेका छन्।
विगत २० वर्षको अवधिमा गैरआवासीय नेपालीले आर्थिक प्रवर्धनका क्षेत्रमा गरेको योगदान तथा प्रविधि हस्तान्तरणको विषयमा नेपालखबरडटकममा आवद्ध पत्रकार वसन्त अर्यालले उजागर गरेका छन्।
कान्तिपुर टेलिभिजनकी पत्रकार अञ्जना लामिछानेले गैरआवासीय नेपालीहरूका लागि ल्याइएका हालसम्म भएका नीतिगत तथा कानूनी व्यवस्था र उपलब्धिहरु जस्तै, एनआरएनए ऐन, एनआरएनए नागरिकता, मताधिकार एनआरएन इन्भेष्टमेन्ट आदि विषय समेटेकी छन्।
ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध अंगराज न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि संघ र नेपाल सरकारको समन्वयमा भएका नीतिगत सुधारहरु, संघको भूमिका तथा अब गर्नुपर्ने पहलको विषयमा रिपोर्ट लेखेका छन्।
नेपाली भाषा र साहित्य प्रवर्धनका लागि विदेशमा रहेका नेपाली समुदायको योगदान विषयमा लन्डन रहेका कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले रिपोर्ट तयार गरेका छन्।
त्यस्तै, गैरआवासीय नेपाली अभियानमा महिला र युवाहरुको सहभागिता तथा योगदान विषय अन्नपूर्ण पोष्टकी तारा चापागाईंले समेटेकी छन्।
फेलोसीपबाट प्राप्त रिपोर्ट गैरआवासीय नेपाली संघको विशेष प्रकाशनमा छापिएका छन्।






