लण्डन । बेलायतमा भुपु गोर्खा संघ ग्रीनीच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसन अर्थात (जीगेसा) ले चर्चित कलाकारको प्रस्तुतिमा दशैंतिहार कार्यक्रम गरेको छ ।

नेपालबाट आएका चर्चित लोकप्रिय गायक चिज गुरुङ तथा गायिका एबम कुशल कार्यक्रम संचालिका उमा देबी खनाल लगायत स्थानिय कलाकारहरुको प्रस्तुतिमा शनिबार साउथ लण्डनको आर्मी ब्यारेकको सभाहलमा दशैंतिहार शुभकामना कार्यक्रम गरिएको हो। 
जीगेसा यूके अध्यक्ष हरि कुमार मल्लले अध्यक्षता गरेको कार्यक्रममा अनावश्यक आसन र भाषणको दिक्दारी थिएन।
कार्यक्रमका प्रमुख अतिथिहरु द्वय ग्रिनविच बरोका उप-मेयर जीत रानाभाट काउन्सिलर जोन फाहिले शुभकामना दिदै नेपाली संस्कृति र परम्परा जोगाउने कार्यको प्रशंसा गरे ।

अध्यक्ष मल्ल प्रमुख अतिथिले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
अध्यक्ष मल्लले कार्यक्रममा उपस्थित सबै सँग दसैंको सुभ्कामना आदान प्रदान गदै खुशी व्यक्त गर्दै सबै लाई धन्यवाद बेक्त गरे ।

कार्यक्रममा समाजका सिनियर सदस्य तथा कलाकारहरुलाई सम्मानपत्र वितरण गरिएको थियो।महासचिब गम बहादुर गुरुङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष पदम बहादुर थापाले उपस्थित सबै लाई स्वागत गरेका थिए
यसै गरी कार्यक्रमको दोश्रो चरणको सांस्कृतिक कार्यक्रम संस्थाकी पुर्ब अध्यक्ष लिला देबी गुरुङले संचालन गरेकी थिईन।

कार्यक्रममा अतिथिहरु एनसिआई यूकेका अध्यक्ष मोहन गुरुङ,रोयल ग्रिनविच नेप्लिज सोसाईटीका अध्यक्ष पुण्य रेग्मी,पासा पुच साउथ ईष्ट लण्डनका अध्यक्ष माधब श्रेष्ठ,तमु धिं साउथ ईष्ट लण्डनका अध्यक्ष पिके लामा उपाध्यक्ष बिन्दु गुरुङ,चार्ल्टन समाजकी अध्यक्ष सिता आर्यल
डाईमन्ड बुद्ददीस्टका अध्यक्ष योगेश गुरुङ लगायतको उपस्थिती भब्य कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा बेलायतका विभिन्न क्षेत्रबाट नेपालीहरुको सहभागिता थियो ।
त्यस अबसरमा राष्ट्रिय कलाकारहरुले विभिन्न गीतसंगीतका साथै लाइभ दोहोरि प्रस्तुत गरेका थिए।
त्यस्तै, डिजेको भूमिका बेलायतका लोकप्रिय डिजे हेम विष्टले निर्वाह गरेका थिए 



















