लण्डन । हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर आईएमई लण्डनले आफ्ना ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ ।
विजया दशमीको अवसर पारेर पैसा पठाउदा आईएमई लण्डनले विभिन्न अफरहरु ल्याएको व्यवस्थापकले बताए ।
नेपाली समुदायबीच रेमिट्यान्सको क्षेत्रमा सहज, सुलभ र भरपर्दो सेवा प्रदायकको रुपमा परिचित आईएमई लण्डनले ल्याएको अफर दसैं देखि तिहार सम्म लागु हुनेछ ।
जसमा दसैंसम्म नयाँ दर्ता भइ नेपालमा पैसा पठाउँदा पाउण्ड बराबर नेपाली रुपैयाँ थप गरिने कम्पनीले जनाएको छ । अर्थात्, आइएमई लन्डनमा नयाँ दर्ता भइ १ हजार जिबिपी पठाउँदा नेपालमा १ हजार रुपैयाँ थप गरी ग्राहकलाई भुक्तानी दिइनेछ । यो अविश्वसनीय अफरमा भाग लिई लाभ लिन कम्पनीले सम्पूर्ण ग्राहकमा आग्रह गरेको छ ।
आइएमई लन्डन रेमिट्यान्सको दुनियाँमा आफूलाई प्रखर, सहज, सुलभ र भरपर्दो सेवा प्रदायक रुपमा आफूलाई सावित गरेको कम्पनीको दाबी छ ।
उक्त योजनामा सहभागी हुन ९ं०७९८४७१३६७७ र ०२०८८६६०३०७ ० मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।साथै आईएमई लण्डनले विजया दशमीको शुभकामना समेत व्यक्त गरेको छ ।






