फेसबुकले ल्यायो नयाँ सुरक्षा प्रणाली

timthumb.php
फेसबुकले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ सुरक्षा प्रणाली ल्याएको छ। यो सुरक्षा प्रणालीले सामाजिक सञ्जालका साइटहरुमा रहेका भाइरस वा मालवेयर खोज्ने काम गर्छ।
फेसबुकले यो फिचरको लागि नाम चलेको एन्टि भाइरस कम्पनी क्यासपर्सकि ल्याबसँग काम गरेको हो। यसबाट कम्पनीले अनलाइन सेक्यूरिटी प्रोग्राम बनाएको हो।
यस क्रममा फेसबुकले सुरक्षा कम्पनीसँग काम गर्दा राम्रो अनुभव रहेको पनि बताएको छ। यसबाट गत ३ महिनामा २० लाख मानिसहरुको कम्प्यूटरबाट मालवेयर हटाइएको बताइएको छ।