युवा व्यवसायी हान्सनले गरे एनआरएन यूके अध्यक्षमा चुनाव जित्ने दावी,यस्तो रहेछ कारण !

लन्डन । लन्डनका युवा व्यवसायी हान्सन गौचनले एनआरएनए यूके अध्यक्षमा चुनाव जित्ने दाबी गरेका छन् 

गौचनले आगामी जुलाई २२ मा हुने एनआरएनए युकेको चुनाव जित्ने दावी गरेका हुन ।

उनले आगामी निर्वाचनमा बढीभन्दा बढी मत प्राप्त गरेर जित्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

आफ्नो सम्पूर्ण टोली र सल्लाहकारहरूले एक हजार प्लस सदस्यता सफलतापूर्वक बानाएकोलाई उनले जित्ने आधारको रुपमा लिएका छन्।

युवा व्यवसायी गौचनले सबै वर्तमान समस्या समाधान गर्न, एनआरएनए एनसीसी युकेलाई सही बाटो र सही दिशामा लैजान पनि एनआरएनएलाई युवाले नेतृत्व गर्ने बेला आएको बताए। उनले आफ्ना चुनावी प्रचारक र सदस्यता बनाउन खटिनेहरुलाई धन्यवाद पनि दिएका छन्।

उनले एनआरएन यूके अध्यक्ष पद शक्तिशाली भएको जनाउंदै आफूले जिते यसको सही सदुपयोग गरेर नेपाली जनता र नेपाललाई केही दिने प्रण गरे । उनले आफूलाई मत दिन सबै मतदातामा अपिल पनि गरेका छन् ।

संघको निर्वाचन अनलाइनमार्फत आउंदो २२ जुलाईमा हुंदैछ । यसपटक ४ हजार ४२२ जनाले एनआरएनए यूके सदस्यता लिएका छन्।

संघको आगामी कार्यकालको अध्यक्षमा हालसम्म नारायण कंडेल,हितकाजी गुरुङ,एलबिजेड गुरुङ र दिनेश घिमिरेले पनि अध्यक्षमा आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्।

यसैबिच निर्वाचन संयोजक चिरञ्जिवी ढकाल सहित एनआरएन युकेका अध्यक्ष, कार्यकारी समितिले गरेको सर्त अनुसार अनलाइन प्लेटफर्मको प्रयोग गरी फेस रेकग्नाइजेसनमार्फत भोटिङ लिइनेछ। त्यसैले यस पटकको निर्वाचनमा कुनै विवाद नहुने गौचनले बताए।