काठमाडौं, ७ असार । संविधानको मस्यौदा लेखनको काम गरिरहेको मस्यौदा समिति अन्तरगतको एकीकृत मस्यौदा कार्यदलमा गम्भिर बिबाद देखिएको छ । संविधानका मुख्य बिषयहरुमा नै बिबाद देखिएपछि कार्यदलले तोकीएको समय अबधिमा आफ्नो काम नसक्ने भएको छ ।
कार्यदललाई आज सोमबारसम्मको समयअबधि दिइएको थियो । हि जोआइतबार साँझसम्म पनि कार्यदलमा कुनै पनि बिषयमा सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए । श्रोतका अनुसार संविधानको प्रस्तावनामा बहुलबाद राख्नेकी नराख्ने भन्नेमा दलहरुका बिचमा गम्भिर बिबाद देखिएको छ ।
नेपाली कांग्रेस प्रस्तावनामा ‘बहुलबाद’ जसरी पनि राख्ने पक्षमा छ भने एकीकृत माओवादी र एमाले नराख्ने अडानमा छन । एमाले भन्दा पनि एकीकृत माओवादी खरो रुपमा उत्रिएको छ । न्यायधिशहरुको पनी नियुक्ती गर्नेकी नगर्ने भन्नेमा पनि ठुलै बिबाद छ ।
नेकपा एमाले र एकीकृत माओवादी नया संविधान जारी भइसकेपछि संवैधानिक निकायका पदाधीकारीहरुको पुन नियुक्ती गर्ने पक्षमा छन भने नेपाली कांग्रेस यसको बिपक्षमा छ । स्वायत्त प्रदेस राख्नेकी नराख्ने भन्नेमा समेत ठुलै विवाद देखिएको छ । एकीकृत माओवादी जसरी पनि स्वायत्त प्रदेस राख्नुपर्ने अडानमा छ भने कांग्रेस र एमाले राख्न नहुने पक्षमा छन । यस्ता विषयमा विवाद बढेपछि कार्यदलले समयमा काम सक्ने देखिएको छै्न ।
प्रत्येक धारा धारा छलफल गर्नुपर्ने, कानुनी भाषा मिलाउन पर्ने भएकोले तोकीएको समयमा काम पुरा नहुने देखिएको नेकपा मालेका सभासद अइन्द्र सुन्दर नेम्वाङको दावी छ । समिति भन्दा बाहिरका व्यक्ती तथा बिज्ञहरुसंग समेत छलफल नगरी सभासदहरुका बिचमा मात्रै छलफल र बहष गर्नुपर्ने भएकाले समय लागेको नेम्वाङको तर्क छ । कार्यपालिका,न्यायपालिका,राष्ट्रपति सम्बन्धमा बिषयहरु टुङ्गीसकेको भएपनि केही बिषय अझै बाकी रहेकोले तोकीएको समय भन्दा १ दिन लम्बिन सक्ने एमाले सभासद कृष्णभक्त पोखरेलले जानकारी दिए ।
कार्यदलमा प्रतिबेदन लेखनका क्रममा निकै चर्को विवाद रहेकोले सबै बिषय टुङ्गीन अझै केही दिन समय लाग्न सक्ने अनुमान गर्न थालिएको छ । कार्यदलले मस्यौदा बनाउने काम सम्पन्न गर्न जति ढिलो लगाउछ संविधान जारी गर्ने समय लम्बिन सक्ने देखिएको छ ।कार्यदलको संयोजक मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला हुन ।
एकीकृत मस्यौदा कार्यदलमा गम्भीर बिबाद






