सांसद शर्माको विजयोत्सवमा जे देखियो…

शिव भण्डारी

लन्डन । नेपाली समुदायसंग निकट रहेका इलिंग तथा साउथहल क्षेत्रका सांसद वीरेन्द्र शर्माले शुक्रवार आफू आम निर्वाचनमा विजयी भएको खुशीयालीमा विशेष रात्री भोज दिएका छन् । हेस्टोन हाइड होटल, हाउन्स्लोमा आयोजित विजयोत्सवमा उनी आवद्ध लेबोर पार्टीकि वरिष्ठ नेता येवेत कुपर, कार्यकर्ता, गोर्खालीहरु चित्रबहादुर गुरुङ, सुर्य नेवाङ, मे.मान बहादुर राइसहित विभिन्न शुभचिन्तकहरु सहभागी थिए ।

labour 022
कार्यक्रममा मन्तव्य दिंदै सांसद शर्माले आफूलाई जिताउने मतदाता र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरे । साथै, उनले आफ्नो क्षेत्रमा प्रतिवद्धता अनुरुप काम गर्ने प्रण समेत गरेका छन् ।
कार्यक्रममा नेपाली समुदायबाट सोलिसिटर राजु थापासहित पत्रकारहरु नवीन पोखरेल, बाचस्पति रेग्मी, शिव भण्डारी, एभरेष्ट गौतम, जेनी भट्टराई, मिलन वाग्ले आदि उपस्थित भए । सोलिसिटर थापा सांसद शर्मासंग निकट छन् । थापाकै पहलमा सांसद शर्माले भूपू गोर्खाका हक अधिकारमा साथ दिंदै आएको विश्वास गरिन्छ ।

labour 005

शर्माले उक्त क्षेत्रमा जितेको यो तेश्रोपटक हो । ७ मे, २०१५ मा सम्पन्न आम निर्वाचनमा उनले २८ हजार एकसय ४७ मत (६४ दशमलव ९७ प्रतिशत) को भारी मत ल्याएर विजयी भए । शर्माका प्रतिद्धन्द्धी कन्जरभेटिभ पार्टीका जेम्स् साइम्स्ले जम्मा ९ हजार तीनसय ८७ मत ल्याएका थिए ।labour 012