धनुषवाण प्रहार गर्दै प्रधानमन्त्री

माघे सङ्क्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा मगरहरुको प्रसिद्ध खेल धनुषवाण प्रहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरःनारायण न्यौपाने

गोरु जुधाइ

नुवाकोटको तारुका–५ चन्दनी बारीको पाटोमा शुक्रबार माघेसङ्क्रान्तिको अवसरमा गोरु जुधाइँदै । तस्बिर : नवदीप श्रेष्ठ

घोडेपानीमा होटल

म्याग्दी जिल्लाको घार–१मा रहेको पर्यटकीयस्थल घोडेपानीमा करोडौं लगानीमा सुविधा सम्पन्न होटल स्थापना हुँदै । आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका व्यवसायीले होटलमा सुविधा, क्षमता […]

कुम्भकर्ण हिमाल

कञ्चनजङ्घा पदमार्गमा पर्ने सेलेलेबाट देखिएको ताप्लेजुङमा रहेको ७,७१० मिटरको उचाईमा रहेको कुम्भकर्ण हिमाल । तस्बिर : सन्तोष पुर्कुटी/ताप्लेजुङ