काठमाण्डौ । आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
ललितपुर महानगरपालिकास्थित फर्सिडोलमा असार १५ गते बुधबार धान दिवसको दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले धान रोप्ने कार्यक्रम आयोजना गरेको थियो ।
त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएकी हुन् । बोहरा युवा संघका केन्द्रीय सदस्य हुन् भने जुरेली सदस्य हुन् ।
उनले बिहीबार परिसरमा पुगेर जाहेरी दिएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । जुरेलीले दुई वटा विषय समावेश गरेर जाहेरी दिएकी हुन् । उनले दुर्व्यवहार र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन् ।






