काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल )को दोस्रो खेलमा चेन्नई सुपर किंगले एक रनको रोमाञ्चक जित निकालेको छ । गएराती भएको खेलमा एक सय ५१ रनको लक्ष्य पछ्याएको दिल्ली डेयरडेभिल्सलाई १४९ रनमा रोक्दै चेन्नईले रोमाञ्चक एक रनको जित निकालेको हो ।
पूरै २० ओभर खेल्दै दिल्लीले ९ विकेट गुमाएर रोमाञ्चक खेलमा १४९ रन बनाउँदै नतिजा सुम्यिो । दिल्लीलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिने भए पनि १७ रनमात्र जोड्दा चेन्नईको भाग्य बलियो देखियो । रोमाञ्चक अन्तिम ओभरको पहिलो बलमा दिल्लीका लागि एल्बी मोर्केलले चौका हाने, दोस्रो बलमा एक रन बटुले, तेस्रो बलमा ब्राभोले इमरान ताहिरलाई रैनाको हातबाट क्याचआउट गराएर खेललाई सनसनीपूर्ण बनाइदिए ।
चौथो बलमा मोर्केलले ब्राभोलाई छक्का हान्दै खेल जिततर्फ अगाडि बढाए । अब तीन बलमा ८ रन चाहिने भयो । तर, पाँचौ बलमा मोर्केलले दुई रनमात्र जोडे । अन्तिम बलमा जितका लागि दिल्लीलाई छक्का हान्नैपर्ने दबाब आयो तर, मोर्केलले प्रहार गरेको बल छक्का हुन नसकी चौकामात्र भएपछि दिल्लीले नतिजा चेन्नईलाई सुम्पन बाध्य भयो ।
५५ बलमा एल्बी मोर्केलले ७३ रन बनाएर अविजित रहे । मोर्केल बाहेक दिल्लीका लागि दुई खेलाडिले मात्र दोहोर अंकको रन बटुले । केदार जदाबले २०, ओनपर मायांक अग्रवालले १५ रन जोडेका थिए । दिल्लीलाई सम्मानजनक चुनौति दिने क्रममा चेन्नईका लागि डेयन स्मिथले ३४, डु प्लेसिसले ३२ र महेन्द्रसिंह धोनीले ३० रनको योगदान दिएका थिए ।
दिल्लीका लागि कटलर नाइलले मात्र विकेट लिएका थिए । दिल्लीलाई दबाब दिने क्रममा चेन्नईका लागि चार ओभरमा २५ रन दिएर ३ विकेट लिए । नेहरा खेलको प्लेयर अफ म्याच घोषित भए । तेस्रो खेल अन्तर्गत आज राती ८ बजे किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर्ज बैंग्लोरबीच खेल हुनेछ ।






