संखुवासभा । संखुवासभामा बस दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।
जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस बिहीवार बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दूर्घटना भएको हो ।
बा ४ ख ७३५ नम्बरको बसमा सवार मध्ये हालसम्म १४ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।
पाँच जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । उद्धारकार्य भइरहेको डिएसपीले सुवेदीले बताए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
दुर्घटना केकति कारणले भएको हो, खुल्न सकेको छैन । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।






