गुल्मी जिल्ला समाज यूकेको सातौँ अधिवेशन मे १ मा हुने

लन्डन । गुल्मी जिल्ला समाज यूकेको सातौँ अधिवेशन मे १ मा हुने भएको छ । आइतबार लन्डन ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू रेष्टुरेन्ट’ मा सम्पन्न समाजको बैठकले आगामी मे १ तारिख आइतबार सातौँ अधिवेशन गर्ने निणर्य गरेको छ ।

बैठकले अल्डरसटको ‘द प्यालेस’ हलमा अधिवेशन गर्ने निणर्य गरेको अध्यक्ष टोप पल्लीले बताए । साथै बैठकले सल्लाहकार मीन दर्लामीको सयोंजकत्वमा ७ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको उनको भनाई छ । जसको सदस्यमा रन केसी सदस्यसचिव तथा मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना छन् ।

हाल रहेको पदाधिकारीको समयावधि गत वर्ष नै सकिएपनि कोरोना महामारीका कारण समाजको अधिवेशन हुन सकेको थिएन् । सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाज यूकेले गृह जिल्ला र देशका विभिन्न स्थानमा परोपकारी काममा निकै सक्रिय भएर लाग्ने गरेको छ । समाजले गृह जिल्लामा एम्बुलेन्स वितरण, तम्घासको आशा अपांग केन्द्रलाई वर्षेनी आर्थिक सहयोगदेखि देशका विभिन्न क्षेत्रमा हुने विपत्तिमा सहायता गर्दै आईरहेको छ ।

बैठकले गत डिसेम्बरमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट संकलित कोषबाट दुई लाख रुपैँया तम्घासस्थित आशा अपांग केन्द्रलाई प्रदान गर्ने पनि निणर्य गरेको छ ।

बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, सल्लाहकारहरु मोति भण्डारी, रन केसी, दासुराम पाण्डे, फडिन्द्र भट्टराई, फत्त थापा, चक्रबहादुर राना लगायतको सहभागिता थियो।

त्यस्तै, कार्यसमितिबाट उपाध्यक्ष तारानाथ भण्डारी, सचिव मञ्जु भण्डारी, प्रवक्ता रुद्र थापासहित राधा खरेल, मुकुन्द खराल, भक्त बलाल लगायतका सदस्यहरुको पनि उपस्थिति थियो ।