लण्डन । नेपालको नवलपुर जिल्लाबाट बेलायत आएर बसोबास गरिरहेका नवलपुरवासीहरुको संस्था ‘नवलपुर जिल्ला समाज बेलायत’ले दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।
न्यू जोनी स्पाइस ४६ क्वीन स्ट्रिट वुल्भरह्यम्पटनमा यही नोभेम्बर २८ गते भएको उक्त साधारणसभाले महेश देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिचि गठन गरेको छ ।
जसको उपाध्यक्षहरुमा डा. हेमराज सापकोटा, मीना सापकोटा, सन्तोष रेग्मी, महासचिवमा युवराज राना, कोषाध्यक्षमा कृष्ण आचार्य, सचिवमा बिकेन राना मगर चयन भएका छन् ।
यस्तै मिडिया संयोजकमा प्रकाश राज कंडेल तथा सदस्यहरुमा नारायण कंडेल (वकिङ), ऋषिराम सापकोटा, मिलन सापकोटा, किताबी सारु मगर, ज्योती रजाली मगरले जिम्मेवारी पाएका छन् ।

नवलपुर घर भई बेलायत भरी छरिएर बस्ने नवलपुरवासीहरुको उपस्थिती रहेको सो कार्यक्रममा संस्थाको हालसम्मको प्रगति विवरणको समीक्षा तथा भावी योजनाहरु समेत तय गरिएको नवनिर्वाचित मिडिया संयोजक प्रकाश राज कंडेलले बताए ।
कंडेलले संस्था स्थापना भएको छोटो अवधिमा पनि नवलपुर क्षेत्रको हकहितको निम्ती धेरै कामहरु सम्पन्न गरेको र भावी दिनमा पनि यस कार्यलाई तदारुकता दिइने बताए ।
नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष ईन्द्रजीत सारुले जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

नयाँ कार्यसमिति चयन गर्नको निम्ती सल्लाहकार होमनाथ शर्मा र टिकाराम सापकोटा नेतृत्वमा निर्बाचन सचिवालाय स्थापना गरिएको थियो भने कार्यक्रमको संयोजक डा. हेमराज सापकोटा, मिलन सापकोटा, रामचन्द्र सुबेदिले गरेका थिए । नयाँ कार्यसमितिलाई निर्वाचन मण्डलले शपथ खुवाएको थियो ।
बेलायतमा बस्ने नवलपुरवासीहरुलाई एकै संगठनमा गोलवद्ध गर्ने र नेपालीहरुको कल्याणको निम्ती काम गर्ने उद्देश्यसहित सन् २०१८ मा समाज स्थापना भएको थियो ।






