रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी’ यूकेले भब्य रुपले मनायो ‘दशैं (फोटो फिचर)

लन्डन ।लन्डनस्थित ‘रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी’ (आरजीएनएस) को आयोजनामा अक्टोबर १७ तारिख आइतबार वुल्लीचस्थित मुलग्रेभ प्राइमरी स्कुलको हलमा ‘दशैंतिहार शुभकामना साँझ’ सम्पन्न भएको छ ।

‘रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी’ (आरजीएनएस) को आयोजनामा साउथ इष्ट लन्डनस्थित नेपालीहरुले यस वर्षको विजयादशमी तथा दीपावली पर्व सामूहिक रुपमा मनाएका हुन् ।

कार्यक्रममा लण्डनस्थित पशुपतिनाथ मन्दिरका मूल पूजारी निलहरी घिमिरेले मन्त्र बाचन गरी स्वस्ती शान्ति गराएका थिए। रोयल बरो अफ ग्रीनवीचकी मेयर डेनिस हाइल्याण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमलाई बिशेष अतिथी, संस्थापक अध्यक्ष, प्याट्रोन र संस्थापक सल्लाहकारहरु,कार्यक्रमका अध्यक्ष जित रानाभाटले दिप प्रज्वलन गरीउद्घाटन गरेका थिए । कार्यक्रममा अतिथि ग्रीन्विच काउन्सिलर एन्जेला कर्न्फोर्थ, काउन्सिलर आन मारी कजन र काउन्सिलर ग्यारी डिलनको पनि उपस्थिति रहेको थियो ।

कुशल कार्यक्रम संचालिका‘एबम रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी’ की महासचिव मन्जु भण्डारीको सञ्चालन रहेको सो कार्यक्रममामा उपाध्यक्ष पुण्य रेग्मीले उपस्थित सबैलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचकी मेयर डेनिस हाइल्याण्ड, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर,एबम सस्थापक सलाहाकार मोहन गुरुङ लगायतले शुभकामना दिएका थिए ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले मन्तव्य व्यक्त गर्दै  बेलायतमा आरजिएनएसले कार्यक्रम ठीक समयमा उपयुक्त ढँगले गरेको भन्दै अन्य संघसंस्थाहरुले पनि सिक्नुपर्ने धारणा राख्दै दशैं तिहारको शुभकामना दिएका थिए ।

कार्यक्रममा आरजीएनएसका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष शर्मिला हिराचन थकाली, सल्लाहकारहरु मोहन गुरुङ, अर्कराज तिम्सिना, सहदेव गिरी, कर्ण शाही, विनोद ज्ञवाली, सुरोज मास्के, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,नेपाली वेयलफेयर सोसाईटी यूकेका अध्यक्ष धन बहादुर सार्की,एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल सहित विभिन्न संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवहरु अतिथिका रुपमा उपस्थित भएर शुभकामना दिएका थिए ।

कार्यक्रममा लोकप्रिय गायक दीपक थापा, सुजन पराजुली, नील पुन, आवेश कुइकेल, भुवन भण्डारी, लायन किङ टंकु, अनिता सुनुवार, यम गुरुङ, नवराज घले लगायतका स्थानीय गायकहरुको सांगीतिक प्रस्तुति दिएका थिए भने इनास यूके अध्यक्ष विनोद चिपालु लाखे नाच प्रस्तुत गरे । त्यस्तै डिजे हेम विष्टको प्रस्तुतिले पनि कार्यक्रम रोमान्चित बन्यो ।

आरजीएनएस अध्यक्ष जीत रानाभाटले कार्यक्रमको समापन गर्दै दशैंतिहार पर्वको अवसरमा स्थानीय नेपालीहरुबीच रमाइलो जमघट र शुभकामना बाँड्न कार्यक्रम गरिएको भन्दै उपस्थित सबैलाई आभार व्यक्त गरे।

लामो समयको लकडाउन र महामारीको त्रासदीबीच हुन नपाएको जमघटका लागि कार्यक्रम सुखद अवसर बनेको समेत उनले विश्वास व्यक्त गरे । आरजीएनएसले कार्यक्रमबाट संस्थाको लागि कोष संकलन गर्ने योजना अनुरुप प्रायोजक तथा टिकट शुल्कबाट जम्मा हुने कोषमध्ये खर्चबाहेकको रकम बेलायत तथा नेपालस्थित बालबालिका र वृद्धवृद्धाको सहयोगार्थ कल्याणकारी कोषमा जम्मा गराइने अध्यक्ष रानाभाटले बताए ।

नेपाल र बेलायत दुवै देशका राष्ट्रिय गान गाइएको सो कार्यक्रममा अंकिता ढकालले स्वास्थ्य मापदण्डको बारेमा जानकारीगरेकी थिइन्,भने दोश्रो चरणको कार्यक्रम सुस्मिता थापाले संचालन गरेकी थिइन् ,त्यस्तै नेपाली भाषाका विद्यार्थीहरुले राष्ट्रिय गीत गाएका थिए।

कार्यक्रममा मीन रानाले आमाले सोध्लिन नी खोइ छोरा भन्लिन भन्ने गीतमा सारङ्गी बजाएर गीत गाँउदा उपस्थित सबै भावुक बनेका थिए ।सहभागी कलाकार एवम् कल्चरल कोअर्डिनेसन मनिष श्रेष्ठ र बिनोद चिपालुलाई सम्मान स्वरुप सर्टिफिकट प्रदान गरिएको थियो ।