चाल्टर्न नेपाली समाजको आयोजनामा दशैं तिहार शुभकामना साँझ हुँदै, चाडपर्वलाई स्मरणीय बनाउने ब्यापक तयारी

शिब भण्डारी

लण्डन । हिन्दू नेपालीको महान पर्व दशैंको रौनक हामी नेपालीको घर आँगनमा भित्रिसकेको छ । दशैंको चहलपहल किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ । प्राय सबैले आफ्नो कामलाई साइटमा राखेर यो वर्ष दिनको दसैंमा फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् ।

यसैवीच चार्ल्टन नेपाली समाज यूकेको नवगठित कार्यसमितिले दशैंविशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा बेलायतमा विशेष मनोरञ्जनात्मक कार्यक्रम गर्ने उद्धेश्यले नयाँकार्यसमितिको पहिलो कार्यक्रमको रुपमा दशैं तिहार शुभकामना साँझ आयोजना गरिएको हो ।

समाजका उपाध्यक्ष प्रकाश कंडेलले उक्त कार्यक्रममा स्वादिलो खाना, चर्चित डिजे, र सुन्दर नाँचहरुको बेजोड समिश्रण रहने भएकोले विशेष मनोरञ्जनात्मक हुने बताए ।

‘कोभिड महामारीलाई बिर्सदै यसपटकको दशैंलाई रोचक बनाउनेगरी कार्यक्रम गर्दैछौं, त्यसैले सबै नेपालीहरु मिलेर यस पर्वलाई स्मरणीय हुने विश्वास लिएका छौं’, उनले भने ।

आइतवार २४ अक्टोबरको दिन साँझ ५ देखि ११ बजेसम्म आयोजना गरिएको सो मेरिडेयन स्पोर्ट्स एन्ड सोसल क्लब स्थित चाल्टर्न पार्कमा हुने कंडेलले बताए । टिकट स्पोन्सर याक एन्ड यति रेष्टुरेन्टका प्रवन्ध निर्देशक भोजराज कंडेलले गरेका छन् भने एडल्टहरुको लागि १२ पाउण्ड, ५ बर्षदेखि ११ बर्षसम्महरुका लागि ७ पाउण्ड तोकिएको छ । ५ बर्षमुनीका बच्चाहरुलाई निशुल्क प्रवेश दिइनेछ ।

हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम, ओपन बार बि क्यू ,दशैं तिहार तथा तीज विशेष कार्यक्रमहरु गर्दै आएको यस समाजले नेपाल र नेपालीको कल्याणको निम्ती निरन्तर कामहरु गर्ने बताएको छ ।

त्यस्तै समाजका महासचिव टि.एन.रिजालले यस कार्यक्रमलाई भव्यताका पूर्वक सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको भन्दै सबैलाई सहभागिताको निम्ती अनुरोध गरे । नेपालीहरुको उल्लेख्य बसोवास रहेको चार्ल्टन क्षेत्रमा रहेका नेपालीहरु मिलेर गठन गरिएको चाल्टर्न नेपाली समाज यूकेमा दुई हप्ता अघि पहिलो पटक महिला अध्यक्षको रुपमा रेखा खरेल चयन भएकी थिइन ।

अध्यक्ष खरेलले चाल्टर्न नेपाली समाजले विभिन्न पर्व-विशेषहरुमा यसप्रकारका कार्यक्रमहरु गर्ने गरिएको बताउँदै यसपटक महामारीलाई जितेर अघि बढ्ने सन्देशको रुपमा पनि कार्यक्रमलाई लिइएको बताउदै समाजका अग्रज, समुदायका अगुवा, प्रतिष्ठित व्यक्तिहरु, संस्थाका प्रतिनिधिहरु, पत्रकारलाई सहभागिताको निम्ती अनुरोध गरिएको अध्यक्ष खरेलले लन्डन नेपाल न्युज लाई बताईन् ।

जसको उपाध्यक्षहरुमा प्रकाश कंडेल र सीता अर्याल, महासचिब टि.एन. रिजाल, सचिब आनन्द लोहनी, कोषाध्यक्ष राम पाण्डे, सहकोषाध्यक्ष दिल जिसि तथा सदस्यहरुमा माधब श्रेष्ठ, सिता ढकाल, धन बहदुर लामा,दानमाया माहर्जन, बसन्त खनाल, कृष्ण भण्डारी, स्मारिका पाण्डे, किरण सापकोटा रहेका छन् ।

जानकारी निम्ती निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।

Rekha Kharel – 07734894333
Prakash Kandel – 07429947196
Sita Aryal – 07753353950
TN Rijal – 07886612073
Dil G.C. – 07983534736