सिड्नी । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिको आयोजनामा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान तथा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ।
आइतवार भर्चुअल रुपमा भएको कार्यक्रममा प्रवास विशेष समितिका अध्यक्ष धनबहादुर गुरुङले लण्डनबाट सभापतित्व गरेका थिए भने जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले संघीय गणतन्त्र र समावेशीकरण सहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले अगामी निर्वाचनमा जसपा बलियो बैकल्पिक शक्तिको रुपमा उदय हुने घोषणा गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टीलाई नयाँ शिराबाट विकास गर्ने बताउँदै पार्टी फुटाएर गएका महन्थ ठाकुर र एमाले अध्यक्ष केपी ओली प्रतिगमनको मतियार भएको बताए
कार्यक्रममा जसपाका शिर्ष नेता अशोक राई ,राजेन्द्र श्रेष्ठ ,महेन्द्र राय यादव, प्रवास इन्चार्ज तथा केन्द्रिय सदस्य आङ काजी शेर्पा ,शुशिला श्रेष्ठ, सुज अभियानका संयोजक इजरायलबाट सुन्दर सिंह लामा, प्रविप्र समिति उपाध्यक्ष पार्वती थापा मगर (अमेरिका) लगायत सहभागि थिए ।
प्रवास विशेष समिती हङकङका सचिव मनोज गौतमको सञ्चालन रहेको कार्यक्रममा कतारबाट सचिव मनिष यादवले सह संचालन तथा मोनिटरिङ्ग गरेका थिए त्यसैगरी दुबईबाट म्यानुट राख्ने जिम्मा सचिव प्रमोद श्रेष्ठले गरिरहेका थिए । कार्यक्रमको अन्त्यतिर धन्यवाद ज्ञापन पार्वती थापा मगरले गरेकी थिइन् भने कार्यक्रम समापन प्रबिप्र समितिका अध्यक्ष धन गुरुङले गरेका थिए ।
प्रत्यक्ष रुपमा होटल इन्द्रेणी काठमाडौंमा तथा भर्चुअल रुपमा १८ देशमा रहेका प्रवास समितिका नेता कार्यकर्ताहरु समभागि भएका प्रबास बिशेष प्रदेश समिती
उपाध्यक्ष तथा संघिय परिषद सदस्य सुवान चौलागाईंले जानकारी दिए ।






