भूकम्प पीडितलाई सघाउन अमेरिकी टोली नेपाल आउदै:

American_Rescue_Team_20150426040858

लण्डन ,नेपालमा शनिबार गएको महाभूकम्प पीडितलाई सघाउन अमेरिकी टोली नेपाल आउदैछ । अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाललाई १० लाख डलर राहतको घोषणा पनि गरेका छन् ।

हामी नेपाल सरकारका अधिकारीहरुसँग निरन्तर सम्पर्कमा छौ, उनले विज्ञप्ती मार्फत भनेका छन्, ‘हामी सक्दो सहयोग गर्ने छौं ।’

अमेरिकी सहयोग नियोग (यूएसएड)ले पनि ट्वीट मार्फत तत्काल उद्दारका लागि चाहिने रकम विनियोजन गरिसकेको उल्लेख गरेको छ ।

अमेरिकी गृहमन्त्रालयको प्रकोपपछिको खोज तथा उद्दार टोली राहत तथा उद्दार सामाग्रीका साथ त्यहााबाट प्रस्थान गरिसकेको छ । नेपाल आउन लागेको फेयरफ्याक्स काउन्टी, भर्जिनियाको उद्दार टोलीले सन् २०११ मा जापानमा गएको विध्वंसकारी भूकम्प र सुनामीपछि त्यहााको उद्दारकार्यमा खटिएको थियो ।