भाइटीका : यस्तो छ अष्ट्रेलियाका विभिन्न शहरहरुमा टीकाको शुभसाइत

सिड्नी । तिहारको मुख्य दिन यमपञ्चकको पाँचौंँ दिन आज ९सोमबार० भाइटीका पर्व मनाइँदैछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीकाको उत्तम साइत नेपालमा बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

अष्ट्रेलियामा यस बर्ष विहान नभएर साँझ भाइटीकको उत्तम साइत् रहेको छ ।

नेपाली हिन्दु समाज अष्ट्रेलियाको अनुसार सिड्नीमा भाईटीका दिउँसो २ बजेर ४ मिनेटदेखी ४ बजेर ५१ सम्म उपयुक्त मानिएको छ। मेलबर्न, ब्रिसबेन, पर्थ, डार्विन, एडिलेड, क्यानबेरा र तास्मानियामा भाइटीकाको समय मेलबर्नमा दिउँसो साढे दुई देखी ५ः२१, ब्रिसबेनमा १२ः५४ देखी ३ः३६ सम्म, पर्थमा १ः२४ देखी ४ः१० सम्म, डार्विनमा १ः४८ देखी ४ः२० सम्म, एडिलेडमा २ः२५ देखी ५ः१२ सम्म, क्यानबेरामा २ः१३ देखी ५ः०१ सम्म तथा तास्मानियामा २ः२४ देखी ५ः१९ सम्म उपयुक्त मानिएको समितिले जनाएको छ ।
टीकाको शुभ साइत शूरु भइसकेपछि तोकिएको समयभित्र नै लगाइसक्न पण्डित प्रकाश ढोडारीले बताए । त्यसैगरी टीका ग्रहण गर्दा पश्चिमा तर्फ फर्कर्नु उपयुक्त हुने उनले बताए । पण्डित ढोडारीका अनुुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार साइत निर्धारण गर्ने गरिन्छ ।
उनका अनुसार यसपाली नेपाल र यहाँको दीपावलीको साइत फरकफरक रहेको छ । सकेसम्म टीका बेलुका लगाउन राम्रो भएकोले बरु कामबाट फर्किएर आएपछि टीका लगाउन उनले आग्रह गरे । कोही ब्यक्तिहरुले विहान टीका लगाएर काममा जाने चाहना राख्छन्, तर विहान लगाउन शुभ नरहेको उनले बताए । त्यसैगरी महालक्ष्मी पुजाको लागि पनि तोकिएको समय देखी ३ घण्टा भित्रमा गरिसक्न पनि उनले आग्रह गरे । मुहुर्त दिक्त सिद्धान्तमा आधारित रहेर तयार गरिने समितिले जनाएको छ।