एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई अस्वीकार गरिएको छ। सङ्घीय न्यायाधीश पल डायमन्डले रिपब्लिकनहरूले मतगणनामा कम प्रवेश नपाएको भन्ने विषयमा दुबै दलका ६०-६० जनालाई मात्रै प्रवेश दिन भनेका छन्।
“यो कुरो न्यायिक हस्तक्षेपबिना किन सहमति हुन सकेन भनेर मैले बुझ्न सकिन्,” उनले भने।
राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए। अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ।
जसमा डेमोक्र्याट उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ। एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ। एरिजोना र नेभाडामा बाइडनको झीनो अग्रता छ।






