अवस्था गम्भीर भएपछि कलाकार मनोज गजुरेललाई आइसियूमा सारियो

काठमाडौँ । नेपाली हास्य कला क्षेत्रका नायक स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। उनलाई कार्तिक १० गते लक्षण सहितको कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हाल उनको आइसियूमा राखेर उपचार भइरहेको चिकित्सकले जनाएका छन् ।
गजुरेलले आफूलाई कोरोना भाइरसको संक्रमण भएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।