“रहेनन् अभिभावक चन्द्र गुरुङ‘मलाई माफ गर्नु बाबा बचाउन सकिन,भरत गुरुङ,तमु धिं लण्डन इकाई,

लण्डन । सोंपाल समाज यूके, तमु धिं लण्डनका महासचिव भरत गुरुङलाई पितृशोक परेको छ । स्याङ्जा समाज यूकेका उपाध्यक्ष समेत रहेका भरतका पिता ९० वर्षीय चन्द्रबहादुर गुरुङको उपचारका क्रममा ३० अक्टोबर शुक्रबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्यापछि आएपछि गुरुङ्लाई नोर्थविक पार्क हस्पिटलमा उपचारका लागि भर्ना गरिएकोमा अस्पतालले शुक्रवार मृत घोषणा गरेकोे हो ।
पिताको निधन भएको खबर महासचिव गुरुङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराउँदै भनेका छन्, –‘मलाई माफ गर्नु बाबा हजुरलाई बचाउने प्रयास असफल रह्यो, हजुरको आशीर्वाद सधैं यो शिरमा रहनेछ।, तपाईंले देखाउनु भएको मार्गनिर्देश कहिल्यै भुल्ने छैन।’

यसैबीच चन्द्रबहादुरको निधनप्रति एक अभिभावक गुमाएको भन्दै विभिन्न संघसंस्थाहरुले शोक प्रकट गरेका छन् ।

तमु घिं लण्डन इकाईका पूर्व अध्यक्ष डेभिड गुरुङले उनको निधनले समितिले एक सच्चा पहरेदार अभिभावक गुमाएको भन्दै समवेदना प्रकट गरे । स्याङजा समाज यूके, तमु धिं लण्डन इकाई,सोंपाल समाजका सल्लाहकार समेत रहेका गुरुङले घरआगनमै आइरहेका चाडपर्व, त्यसैमाथि कोरोनामहामारी कै विच भएको अभिभावक चन्द्र बहादुर गुरुङको निधनले आफुमात्र न भै समग्र समुदाय नै मर्माहत भएको सुनाए ।

यस्तै सोंपाल समाजका अध्यक्ष युक्त गुरुङले एक सन्देश जारी गर्दै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना गरेका छन् । ‘सोंपाल समाज यूकेका जेष्ठ सदस्य, सोंपाल पोखराका संस्थापक सचिव, पूर्वउपाध्यक्ष श्री चन्द्रबहादुर गुरुङको नर्थविक पार्क हस्पटलमा उपचारको क्रममा ३० अक्टोबर २०२० को बिहान ९० वर्षको उमेरमा असामयिक निधन भएको खबरले सोंपाल समाज यूके परिवार स्तब्ध र दुखी भएको छ,’ शोक सन्देशमा भनिएको छ, ‘यस दुखद् घडीमा उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको धर्मपत्नी नन्दकुमारी गुरुङ साथै सम्पूर्ण शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।’

यसैगरी तमु धिं लण्डनका कार्यसमिति सदस्य रक गुरुङले चन्द्रबहादुरको निधनले आफु मर्माहत भएको बताए । ‘अतिनै दुःखको खबर सुन्नु पर्यो, बाबाको आत्मप्रति चिरशान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अरपर्ण गर्दछु,आत्मिय भरत दाई साथै सम्पुर्ण परिवारजनमा धैर्य र धारण गर्न सक्ने शक्ति प्राप्ती मिलोस।’ उनले भने । स्याङ्जाको आँधीखोला गाउँपालिका १ बेझाङ पुख्यौली घर भई कास्कीको पोखरा सिमल चौर हुँदै हाल सडबरी, वेम्ब्लीमा बस्दै आएका स्व चन्द्रबहादुर गुरुङ सोंपाल समाजका जेष्ठ सदस्य, सोंपाल पोखराका संस्थापक सचिव तथा पूर्व उपाध्यक्ष थिए ।

सामाजिक व्यक्तित्व चन्द्रबहादुर गुरुङ्को निधन प्रति लण्डन नेपाल न्यूजले पनि शोक प्रकट गरेको छ । लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीले शोक व्यक्त गर्दै निधन भएका अभिभाबक चन्द्रबहादुर गुरुङ्को अन्तर्वाता लिने इच्छा अधुरै रहेको बताए ।‘बाबाको अन्तर्वाता लिनको निम्ती भरत जीले बोलाइरहनुभएको थियो, तर विभिन्न समस्याका बाबजुद भेट्ने समय जुरेन, अन्तवार्ता लिने कुरा अधुरै रह्या’ उनले भने । ‘उहाँ निकै सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले दिएको आर्शिवादलाई शिरोधार्य गरेर लण्डन नेपाल न्यूज अघि बढ्नेछ,’ उनले थपे, ’दिवगंत आत्मको चिर शान्ति, बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना।