लन्डन । बेलायतको ननिटन स्थित नेपालीको ‘द गोरखा कर्नर बार’ खुलेको छ । मिडल्याण्डको ननिटनमा दुई नेपालीले संयुक्त रुपमा ‘द गोरखा कर्नर बार’ संचालनमा ल्याएका हुन् । भिनाजु तथा साला नाता पर्ने कास्कीको पर्यटकिय गाउँ ताङतिङ स्थायी घर भएका चाउ र युवराज गुरुङले उक्त सुरुवात गरेका हुन् । 
पूर्व ब्रिटिश गोरखाज समेत रहेका चाउ सहित उनका भिनाजु लामो समयदेखी बेलायतमा बसोबास गरिरहेका छन् । आफ्नो मातृभूमि नेपाल तथा नेपालीपन झल्काउने उद्धेश्य सहित ‘द गोरखा कर्नर बार’ संचालनमा ल्याएको उनीहरुले बताए । ननिटन स्थित तमु समाजको घर भाडामा लिएर दुई जनाले संयुक्त लगानीमा व्यवसाय सुरु गरेका हुन् । 
संचालक चाउले नेपाली समाजलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको जानकारी दिदै नेपाली खानाका परिकारमा ध्यान दिने बताए । बारभित्र ग्राहकहरुलाई स्निोकर खेलने सुविधा दिनको लागि २ वटा स्नोकर राखीएको छ । त्यसैमाथि उनीहरुले पुलमा पौडीको मज्जा पनि लिन सक्ने अर्का सञ्चालक युवराजले जनाए ।
बारको उद्घाटन गर्दै समाजका अध्यक्ष इन्द्रकुमार गुरुङले यूकेमा नेपालीहरुले व्यवसाय शुरु गर्नु निकै सुखद पक्ष भएको सुनाए । उद्घाटन कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु क्याप्टेन गोरखा मेजर श्रीप्रसाद गुरुङ, क्याप्टेन बखतबहादुर गुरुङ, नन्द गुरुङ, तुलराम गुरुङ, युवा व्यवासायी एवं एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमलमान गुरुङ, ननितन आमा समुहका अध्यक्ष खिना गुरुङ लगायतको सहभागिता रहेको थियो । उनिहरुले संचालकद्धय गुरुङको सफलताको कामना गर्दैै नेपाली खानाका परिकारलाई बेलायतभर चिनाउन सुझाव दिएका थिए।
लण्डनबाट १५० किलोमिटरको दूरीमा पर्ने ननिटन शहर मिडल्याण्डको लेस्टर, नटिंगहम, बर्घिघम र पिटरवोरो नजिक पर्दछ ।






