काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आफैले बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
‘आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’ ९ बर्षदेखी सेनामा कार्यरत उनी आपूर्ति तथा परिवहन गणमा कार्यरत रहेका थिए भने उनको घर तनहुँ जिल्लाको रानीपोखरीमा पर्दछ ।






