कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ? डा. रवीन्द्र पाण्डे,

कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?

– अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– सास फेर्न निकै गाह्रो भएकोमा
– छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?
– रुघा लागेमा
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
– मन्द ज्वरो आएमा
– सामान्य खोकी लागेमा
– हाच्छ्युं आइरहेमा
– हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो | ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ | घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ |

बाँकी १० % लाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ | केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ | २-३ % को मात्र मृत्यु हुन्छ | यो २-३ % मृत्यु हुने धेरै रोगहरु छन् |

साना कुरा जसले कोरोना संक्रमण रोक्न सक्छन्

– हातमा औंठी तथा घडी नलगाऔं – साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन । नंग नपालौं ।
– बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ । सकभर पत्रिका घरभित्र नराखौं | अनलाइन संस्करण पढौं |
– पैसाबाट कोरोना भाइरस सर्न सक्छ | पंजा लगाएर पैसाको काम गरौँ | पैसालाई घाममा राखौं |
– दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ |
– अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ |
– स्विमिंग नगरौं |
– दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ |
– मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ |
– बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ | घरभित्र आउँदा आफुलाई शंका गरौँ |
– मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं | घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ |
– देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ |
– हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ |
– पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ |
– हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं | संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् | त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न |
– कडा औषधि तथा स्टेरोइड सेवन नगरौं | गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं |
Rabindra Sameer ( डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ)