लन्डन । लेस्टरमा टुकी नेप्लिज युथ क्लबले गत सोमबार दशैं तथा तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न ग-यो । लेस्टरको अवार्ड विनिङ रेस्टुरेन्ट तड्कामा सम्पन्न उक्त कार्यक्रम क्लबका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा नेपाली राष्ट्रिय गानका साथ पन्चकन्याबाट क्लबको आइकन टुकी बालेर सुरु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ओम गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अतिथीहरु भीम सारु मगर, चम्पा थापा मगर, चुडाक थापा मगर, सत्य श्रेष्ठको उपस्थिति थियो ।
नेपालबाट आएका विष्णुप्रसाद खरेल, चन्द्रा खरेल, यमप्रसाद निउरे, लीलावती निउरे, ज्ञानकुमारी घिमिरे तथा सुकलक्ष्मी श्रेष्ठलाई अध्यक्ष र संस्थाकै सदस्य रुपा खरेलले दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो । उल्लासमय उपस्थितिका साथ सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक अध्यक्ष भानुभक्त घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली डिजे, स्वादिस्ट परिकार एबम बिभिन्न सांगीतिक कोसेलीका साथमा स्थानीय कलाकारहरु बलराम चौलागाई, रुपा खरेल, सितल घिमिरे र रामलाल पंचोलाको पृथक नृत्य र संगीतले कार्यक्रमको माहोल तताएको थियो । सम्पूर्ण कलाकारहरुलाई अध्यक्ष सापकोटाद्वारा पुरस्कार र कृतज्ञता पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा हेल्थ एण्ड सेफ्टी र स्वयम् सेवकको रुपमा उपाध्यक्ष चौलागाई र सदस्यहरु बाबुराम भण्डारी, सशिधर सापकोटा, दावा लामा र जीवन पुडासैनीले भूमिका निर्वाह गर्नु भएको थियो । यस संस्थाका सहसचिब दिनेश खरेलले कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्न भूमिका खेल्नु भएको थियो । कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो भने अन्त्यमा देशभक्ति गीतका साथमा अभिभावकको आर्शिबाद लिदै कार्यक्रमको समापन भएको थियो ।







