यस्तो छ चार्ल्टन नेपाली समाज यूकेको दसैँ योजना

लन्डन । चाल्टन नेपाली समाज यूकेले दशैं तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो अक्टुबर २० तारिखका दिन मेरिडियन स्पोटर्स क्लबमा आयोजना हुने उक्त शुभकामना कार्यक्रम सांगीतिक महोलमा सम्पन्न गर्ने तयारी आयोजकहरुले गरिरहेका छन् ।

त्यसका लागि नेपालबाट चर्चित लोक दोहोरी गायक प्रसाद खप्तरी मगरलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा प्रवेश शुल्क १२ पाउन्ड तोकिएको छ । पाँच वर्षभन्दा मुनीका बालबालिकाले निःशुल्क प्रवेश पाउने छन् भने ५ देखि ११ वर्षसम्मका बालबालिकाले ६ पाउन्ड तिरे पुग्नेछ । गुर्खाज रेस्टुरेन्ट सिदनमका सञ्चालक बालजंग अर्यालले टिकट, समाजका कार्यसमिति सदस्य भुवन खत्रीले पानी र कार्यक्रम सञ्चालनका लागि हलको प्रयोजन पानस रेस्टुरेन्ट लिहाई रोडका सञ्चालक सुजन कटुवालले गरेका छन् ।

बेलायतकै चर्चित साउन्ड सिस्टम, लाइट तथा डिजे हेम बिष्ट, फोटो तथा भिडियोमा चर्चित फोटोग्राफी राजेन्द्र पौडेल, फोटो भिडियोको लागि प्रायोजन काठमाडौं भ्याली रेस्टुरेन्ट पट्नीका सञ्चालक उत्तम बस्नेत, लण्डन नेपाल न्युज डट कमबाट लाईभ प्रसारण प्रकाशराज कण्डेलको साथमा, नेपालबाट आउनु भएका चर्चित लोक तथा लोकदोहोरी गायक प्रसाद खप्तरी मगर, खाना क्याटरिङ माउण्टेन भ्यु रेस्टुरेण्ट ग्रीनबीचका सञ्चालक रोम नाथ पाण्डेले प्रायोजन गरेका छन् ।

नेपाल फर्कन सम्भव नभएपछि बेलायतमा नेपाली समुदायले यसरी नै दशैं तिहार मनाउने परम्परा छ । चाल्टन नेपाली समाजले पनि हरेक वर्ष यसरी नै शुभकामना आदान प्रदानको कार्यक्रमको आयोजना गरेर दशैं तिहार मनाउने गर्दछ । समाजले यसपटक आयोजना गरेको कार्यक्रममा सहभागी जनाउने इच्छुकले कृष्ण खरेल (०७७२३६१२२६३), हरिकुमार मल्ल (०७४००५६०११४), प्रकाश कडेल (०७४२९९४७१९६), कृष्ण गैरे (०७७१२२५३८२९ र राजु न्यौपाने (०७५३३३४९१९४) मा सम्पर्क गर्न सकिने आयोजकहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *