तक्दीर अधिकारी
सिड्नी । सन् २०१३ बाट अष्ट्रेलियामा शासन गर्दै आएको लिबरल पार्टीले सन् २०१९ को आम निर्वाचनमा विजयी भएको छ । यसअघिको कार्यकालमा सत्तारुढमा तीन पटक अविश्वासको प्रस्ताव आएको थियो । तेस्रो पटक मोरिसन प्रधानमन्त्री भएका थिए । विजयी भएपछि विपक्षी दलका नेता बिल सर्टनले फोन गरेर मोरिसनलाई बधाइ दिए ।
अब सरकार अझ राम्रोसँग सञ्चालन गर्ने मोरिसनले घोषणा गरे । लिबरल पार्टीले पुनः जित्छ भन्ने कुरा सबैलाई लागेको थिएन । तर हामी विजयी हुनेमा ढुक्क थियौं । कूल १५१ संसद संख्या रहेको ७६ सिट जित्यो भने बहुमत पुग्छ ।
लिबरको सरकारले भिक्टोरिया, वेस्टन अस्ट्रेलिया, ताजमेनियालगायतका मुख्य सहरमा लिबरले यसपटक पुनः जितेको छ । लेबरले जित्छ भनेर ठूला कम्पनी निराश थिए, तर लिबरल नै सत्तामा फर्किएपछि उनीहरु खुशी छन् । तर ट्रेड युनियन भने लेबर पार्टीको पराजयसँग निराश देखिएका छन् ।






