काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च स्रोतका अनुसार जोशीले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा बुझाएका हुन् ।
न्यायपरिषद्ले प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको भएपनि संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो । पछि चोलेन्द्र प्रधानन्यायाधीश बनेपछि जोशीलाई भूमिकाबिहीन बनाइएको थियो ।
त्यसपछि उनी बिदामा बसेका थिए । उनको कार्यकाल आगामी जेठसम्म थियो ।






