बेलायत आइपुगे पण्डित दीनबन्धु पोखरेल,जनवरी ४ देखि ६ सम्म पुराण वाचन गर्ने

शिब भण्डारी

लन्डन । शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको आयोजनामा आउंदो जनवरी पहिलो साता अल्डरसटमा मन्दिर निर्माणमा धार्मिक महोत्सवका लागि पुराण वाचन गर्न नेपालबाट पण्डित दीनबन्धु पोखरेल बेलायत आइपुग्नु भएको छ । पन्डित पोख्रेल संगै उनका सहयोगी बद्रि पोख्रेल पनि बेलायत आइपुगेका हुन् ।

बुधबार बिहान उनलाई गेटविक विमान्स्थलमा स्वागत गर्नको लागि अध्यक्ष रोहित गुरुङ् ,महा सचिब बिक्रम भट्टराई,कोषाध्यक्ष बाचस्पति रेग्मी ,संयोजक हरि भट्टराई ,नीलकन्ठ पौडेल ,ईन्द्र शर्मा लगायत विमान्स्थाल पुगेका थिए ।

अल्डरसटमा मन्दिर निर्माणको लागि भवन खरिदमा जुटिरहेको शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको आयोजनामा जनवरी पहिलो साता विशेष धार्मिक महोत्सव आयोजना हुन लागेको सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङले दिएका छन् । जनवरी ४ देखि ६ तारिखसम्म अल्डरसटको क्वीन्स रोडस्थित अड फेलोज हलमा ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट श्रमिदभागवात महापुराण तथा वेद र बौद्धदर्शनसम्बन्धी आध्यात्मिक प्रवचनको कार्यक्रम राखिएको छ ।

तीन दिने उक्त धार्मिक तथा आध्यात्मिक महोत्सवको पहिलो दिन बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सेन्टरले नयाँ हल खरिद गरिसकेपछि मन्दिरका साथसाथै स्थानीइ हिन्दू र बौद्ध धर्म मान्ने समुदायको लागि पूजा अराधना, भजन कृतन, योगा, नाचगान लगायतका विभिन्न सांस्कृतिक र सामाजिक कार्यहरुको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

धार्मिक महोत्सवमा सहभागी हुन तथा भवन खरिदमा सहयोग गर्न बेलायतबासी सम्पुर्ण श्रद्धालुहरुलाई आयोजक शिव कल्चर एण्ड कम्युनिटी सेन्टरले आह्वान गरेको छ ।तस्बिर:बाचस्पति रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *