शिव भण्डारी/लन्डन
मिस नेपाल शृखंला खतिवडालाई मिसेस हङकङ नेपालले जीवनमा सबैभन्दा ठूलो गुणा लगाएको छ । नेपाली महिला संघ हङकङको आयोजनामा भएको प्रथम मिसेस नेपाल हङकङ २०१८ का विजेता टिमले मिस नेपाल शृखंला खतिवडाको हेल्थ पोष्ट निर्माणमा सहयोग गरेर सबैभन्दा ठूलो गुणा लगाएको हो । यसअघि सो टिमले हेल्प पोष्ट निर्माण सहयोगार्थ गरेको च्यारेटी डिनर कार्यक्रमबाट संकलीत सात लाख रुपैयाँ रकम हस्तान्तरण गरेपछि मिस नेपाल शृखंलाले आफनो जीवनमा सबैभन्दा ठूलो लागेको प्रतिक्रिया दिइन् ।

मिसेस नेपाल हङकङ २०१८ पबिता राईको टिमले मिस नेपाल खतिवडाको हेल्थ पोष्ट निर्माणमा सहयोगार्थ आयोजीत च्यारिटी डिनर कार्यक्रममा संकलीत सात लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । मिस नेपाल खतीवडाले मकवानपुर जिल्लाको कैलाश नगरपालिका ७ भार्तामा अवस्थित चेपाङ समुदायको विकट क्षेत्रमा थाल्नुभएको हेल्प पोस्ट निर्माण अभियानमा प्रथम मिसेस नेपाल हङकङले च्यारिटी डिलर कार्यक्रमबाट संकलीत रकममध्ये सो सहयोग गरेको हो ।

सो रकम आज काठमाडौंमा एक समारोहकाबीच हस्तान्तरण गरियो । प्रथम मिसेस नेपाल हङकङले गत अगस्ट १९ तारिखका दिन हङकङमा च्यारिटी डिनर आयोजना गरेको थियो । हिडन ट्रेजर नेपालको कार्यालयमा एक कार्यक्रमकाबीच मिस नेपाल २०१८ की शृंखला खतिवडालाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम नेपाली महिला संघ हङकङ प्रतिनिधि एवं स्वस्तीक गुप्र नेपाल अध्यक्ष लक्ष्मी गुरुङ र मिसेस नेपाल हङकङ प्रतिनिधि करुणा प्रधानले मिस नेपाल खतिवडा र हिडन ट्रेजर अध्यक्ष गोपाल सुन्दर कक्षपतिलाई संयुक्त रुपमा हस्तान्तरण गरियो ।

नेपाली महिला संघ हङकङले पहिलो पटक आयोजना गरेको प्रथम मिसेस नेपाल हङकङ प्रतियोगिताका विजेता ११ जना टिमको आयोजनामा गरिएको च्यारिटी डिनरबाट संकलीत रकममध्येबाट सो सहयोग हस्तान्तरण गरिएको हो । नेपाली महिला संघ एवं गैरआवासीय नेपाली संघ हङकङ अध्यक्षसमेत रहनु भएको राधिका गुरुङ (टिका ) को विशेष पहलमा प्रथम मिसेस हङकङ नेपालको आयोजना गरिएपछि सो टिम सामाजिक कार्यमा क्रियाशील बन्दै आएको छ ।
नेपाली महिला संघ हङकङ अध्यक्ष राधिका गुरुङ ( टिका ) ले प्रथम मिसेस हङकङ प्रतियोगिता गर्नुको मुख्य उद्देश्य हङकङमा बसोबास गर्नुहुने नेपाली महिला दिदीबहीनीहरुको क्षमता विकासका साथै सामाजिक कार्यमा सक्रिय गराउनु नै रहेको जानकारी गराइन । प्रथम मिसेस हङकङ नेपालले शूरुवाती चरणमै यति धेरै राम्रो र पुण्य काम गरेकोमा आफू निकै खुसी र गौरवान्भित महसुस गरिरहेको बताइन् ।

अध्यक्ष गुरुङले महिलाहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिता निकै उपलब्धीमूलक बन्दै गइरहेको र मिस नेपाल शृखंला खतिवडाको अभियानमा साथ दिन पाएकोमा सिंगो हङकङ नेपालीबासी खुसी भएको लन्डन नेपालसँग कुराकानी गर्दै प्रतिक्रिया दिइन् ।

मिसेस हङकङ पबिता पुमा राईको संयोजकमा र सम्पूर्ण टिमको आयोजनामा सो च्यारिटी डिलर आयोजना गरिएको थियो । सो डिनर कार्यक्रमबाट जम्मा १ लाख ८ हजार ३६ हङकङ डलर उठाइएको थियो । संकलीत रकममध्ये च्यारिटीमा जम्मा ३५ हजार १७ डलर खर्च भएको संयोजक पबिता पुमा राईले जानकारी गराइन । संयोजक राईका अनुसार खर्च कटाएर ७० हजार १९ हङकङ डलर बचत भएकोमा बताउनुभयो । मिस नेपालको अभियानमा हस्तान्तरण गरेर बाँकि रहेको रकम समेत विभिन्न सामाजिक कार्यमा लगाउने निर्णय भएको जानकारी दिइन ।

खतिवडाको मकवानपुर जिल्लाको कैलाश नगरपालिका ७ भार्तामा अवस्थित चेपाङ समुदायमा विकट क्षेत्रमा हेल्प पोस्ट निर्माण कार्य जारी छ । मिस नेपाल खतिवडाले मिस वल्र्डको लागि ‘व्युटी विथ पर्पस’ शीर्षक अन्तर्गत कम्तीमा एउटा सामाजिक कार्य गर्नुपर्ने भएकोले आफ्नै गृह जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिका वडा नम्बर ७ छनौट गरिएको बताउँदै मिसेस हङकङ नेपालको सो सहयोगले आफना लागि जीवनको सबैभन्दा ठूलो गुण लगाएको बताइन ।

हङकङमा आफू पुग्दा त्यहाँ नेपाली दाजुभाई दिदीबहिनीहरु अत्यन्तै मिलेर बसेको र सामाजिक कार्यमा महिला सहभागिता निकै राम्रो पाएको भन्दै सहयोग गर्नुहुने दाताहरुप्रति आफू ऋणी बनेको बताइन । मिस नेपाल खतिवडाले सहयोग बुझिलिदैं सहयोग गर्नुहुने सबैमा धन्यवाद दिर्दै आगामी दिनमा पनि यस्तै माया पाइरहने र सहयोग रकमको सही सदुप्रयोग गर्ने विश्वास ब्यक्त गरिन् । मिसेस नेपाल हङकङमा नेपालको सो सहयोगको विशेष पहल गरिदिनुहुने नेपाली महिला संघ हङकङ अध्यक्ष एवं एनआरएन एनसिसी अध्यक्ष टिका गुरुङप्रतिसमेत धन्यवाद ज्ञापनसमेत गरिन ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली महिला संघ हङकङ प्रतिनिधि लक्ष्मी गुरुङले मिस वल्र्डमा मिस नेपालको तर्फबाट भाग लिन लाग्नुभएको शृखंला खतिवडालाई शुभकामना दिइन । हङकङमा बस्नुहुने नेपाली दिदीबहिनी दाजुभाईको सहयोगले शृखंलाकोे हेल्प पोस्ट निर्माण अभियान साकार हुने विश्वास ब्यक्त गरिन् । अध्यक्ष गुरुङले विकट गाउँमा हेल्प पोस्ट निर्माण अभियानको सफलताको कामनासमेत गरिन ।
हस्तान्तरण कार्यक्रममा हिडन ट्रेजर अध्यक्ष गोपाल सुन्दर कक्षपतिले मिस नेपाल २०१८ की शृखंला खतीवडालाई अहिलेसम्मकै राम्रो सहयोग हङकङमा बस्नुहुने नेपालीबाट पाएको बताउँदै मिसेस हङकङबाट जुटेको यो सहयोग खतिवडाको हेल्प पोस्ट निर्माण गर्ने अभियानलाई साकार पार्न सहयोग मिल्ने बताए ।

सो अवसरमा मिस वल्र्डमा सहभागि हुन लाग्नुभएको शृखंला खतीवडालाई मिसेस हङकङ नेपालको तर्फबाट करुणा प्रधानले अग्रीम शुभकामना तथा बधाई दिदै दोसल्ला ओढाउनुभएको थियो । च्यारिटी डिनरमा गैरआवासीय नेपाली संघ आइसिसी अध्यक्ष भवन भट्टदेखि हङकङ एनसिसीका पदाधिकारी, विभिन्न सामाजिक क्षेत्रमा क्रिकाशिल ब्यक्ती तथा महिला दिदी बहिनीहरुको सहयोग प्राप्त भएको थियो । सो कार्यक्रममा एनआएन आइसिसी अध्यक्ष भबन भट्टले २० हजार डलर सहयोग गर्नुभएको थियो । सो च्यारिटी डिनर कार्यक्रममा ५८ जना ब्यक्तिहरुले सहयोग गरेका छन ।

यस्तो छ, प्रथम मिसेस नेपाल हङकङ -२०१८ टिम
१. बिजेता, पबिता पुमा राई (पर्सनालिटी ,कन्फिडेन्ट )
२. फस्ट रनर अफ, साबित्रा इङनाम ( बेस्ट ड्रेस )
३. सेकेण्ड रनर अफ, अनिता तामाङ (डिसिप्लीन )
४. नानु गुरुङ ( क्रियाटिभ ,पब्लिक च्वाइस )
५. रिन्जी डोल्मा ( क्याट वक ,ट्यालेन्ट )
६. मन्जु थापा ( फ्रेन्ड्सिप )
७. करुणा प्रधान ( बेस्ट स्माइल )
८. अनिता राई ( सोसियल )
९. निता थापा ( बेस्ट हेयर )
१०. शान्ति केसी (बेस्ट फिगर )
११. सरस्वती चाम्लिङ ( पपुलर ,हार्ड वर्क ).







