सिड्निमा अर्जुन कुमार गजल साँझ हुँदै, तयारी अन्तिम चरणमा..!!

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया !!

हाल चलचित्र निर्माताको रुपमा देखियपनी मुलत अर्जुन कुमार गाएक को रुप मा चिनिएका हुन्, सुरु को समएमा गीत-गाएन मार्फत कलाकारिता क्षेत्रमा आफ्नो उपस्थिति जनाएका अर्जुन पछिल्लो समय सिनेमा निर्माण मा लागि पर्दै आए । तेसो त गाएन क्षेत्र लाई यिनले माया नमारे पनि आफ्नो यो क्षेत्रलाई बिस्तारै भए पनि निरन्तरता दिदै आएका छन् । गाएन र चलचित्र निर्माण लाई एकसाथ आगाडी बडाउदै आएका यिनै अर्जुन कुमार पहिलो पटक सिड्नी बसी नेपाली माझ गुन्जिने भएका छन् । बाबा एजुकेसन कन्सल्टेन्सी र डि एम लीगल को प्रायोजनमा सिड्नी मा “अर्जुन कुमार गजल साँझ ” हुने भएको छ । कार्यक्रमलाई आर के एस अष्ट्रेलिया र ग्रीन हिल इन्टरटेनमेन्ट ले आयोजना गरेको हो ।

येही सेप्टेम्बर ९ तारिक, बेलुकी ६ बजे बाट रकडेल स्तिथ रेड कैप्सीकममा “अर्जुन कुमार गजल साँझ” आयोजना हुने भएको छ । अर्जुन लाई बद्येबादन मा र्य्ड्स स्टुडियो ले साथ दिने छ ।  कार्यक्रममा स्थानिय कलाकारहरुको नृत्य पनि रहने कुरा आयोजक ले जानकारी दिएको छ । कार्यक्रमको शुल्क ५० डलर रहेको र साथ साथै डिनरको पनि राम्रो ब्यबस्ता रहेको छ ।

नुवाकोट मा जन्मेका अर्जुन नेपाली चलचित्र र सांगीतिक क्षेत्र का लागि परिचित नाम हो ।उनको रमाइलो छ यो साझ, थाहा न पाई …जस्ता चर्चित गीतहरुले दर्सक – श्रोताको मन जितेको हो । अर्जुन ले, रोजे तिमीलाई, हृदय,प्यासन र क्यलिबर नामक गीति एल्बम हरु नेपाली सांगेतिक क्षेत्र लाई दिसकेका छन् भने उनि चलचित्र क्षेत्र मा पनि उति नै अब्बल देखिन्छन । उनको संगीत रहेको चलचित्र ” दि युग देखि युग सम्म ” को शिर्ष गीत ले निकै चर्चा बटुलेको थियो । चपली हाइट, फिटकिरी , चपली हाइट २ र फाटेको जुत्ता निर्माण गरेका अर्जुन ले यी चलचित्र हरु मा पनि आफ्नो सगीत दिएका थिए ।