राप्ती अन्तराष्ट्रिय म्युजिक अवार्डमा बाबा एजुकेसनले दियो साथ !!

अस्ट्रेलिया । नेपाली, कला, भाषा, सस्कृतिलाई बिश्वोब्यापी करण गर्ने उदेश्यका साथ अस्ट्रेलियामा पहिलो पटक राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड हुने भएको छ ।  

बाबा एजुकेसन कन्सुल्टेन्सिको प्रायोजन मा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अस्ट्रेलिया ले आयोजना गर्न लागेको हो I कार्येक्रम यहि आउने सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजे देखि इन्द्रेणी फन्क्चन सेन्टर , रकडेल मा हुने भएको छ आइ

यस अवार्ड कार्येक्रम मा, येति बेला का चर्चित नायक पल शाह, लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मी को सहभागिता हुने छ ।  

सम्पूर्ण नेपाली कलाकार लाई प्रोत्सहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान सोरुप आयोजना हुन लागेको राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड को सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले बताएका छन । 

 

कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथ साथै डिनरको पनि राम्रो ब्यबस्ता रहेको छ। नेपालबाट आँउनु हुने कलाकारहरुले आम दर्शकलाइ भरपुर मनोरंजन प्रदान गर्नु हुने राप्ति समाज अस्ट्रेलियाले जानकारी दिएको छ।

सिड्निमा आयोजना हुने अधिकाङ्स साङ्गितिक-सांस्कृतिक कार्यक्रमहरुमा मुख्य प्रायोजन गर्ने “बाबा एजुकेसन कन्सल्ट्यान्सी” र "आर के एस अस्ट्रेलिया" ले नै यो कार्येक्रम लाई प्रायोजन गरेको छ र आफुहरुले यस्ता कार्येक्रम हरु लाई प्रोमोट गर्न पाउनु गर्भ को बिसय रहेको बताउनु हुन्छ बाबा एजुकेसन कन्सुल्टेन्सि का सी ई ओ रबिन्द्र कुमार शर्मा ।

अस्ट्रेलियाको सिड्नीमा अबस्तित बाबा एजुकेसन कन्सुल्टेन्सि ले सिड्नी मा आयोजना हुने धेरै कार्येक्रम हरु लाई आर्थिक सहयोग गर्ने गर्छ जसले गर्दा विदेश मा रहेर पनि नेपाली कला- सस्कृतिलाई लाई जगेर्ना गर्न आफु हरु को यो कदमले केहि टेवा पुग्ने बताउनु हुन्छ बाबा एजुकेसन कन्सुल्टेन्सि का मार्केटिंग म्यानेजर अमृत शर्मा ।