लण्डन । विश्व प्रशिद्ध लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी र नेदरल्याण्डसँग नेपाली टिमको क्रिकेट खेल हेर्न र नेपाली टोलीका खेलाडीलाई हौसला दिन करिब १२ सय बेलायतबासी नेपालीहरु लर्ड्स पुगेका थिए ।
बेलायतको लर्ड्स क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी – २० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब (एमसिसी) लाई नौ विकेटले पराजित गरेको छ । लर्ड्समा वर्षाले प्रभावित खेलमा नेपालले ६ ओभरमा ४१ रनको लक्ष्य पाएको थियो । जसलाई मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
यसै बीच नेदरल्याण्ड र नेपालबीचको खेल रद्ध हुनुअघि नेदरल्याण्डले १६. ४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । पहिला एकपटक वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएपछि फेरि सुरु गरिएको थियो । तर दोस्रोपटक वर्षाका कारण रोकिएपछि खेल पुनः सुचारु हुन सकेन ।
सिरिजअन्तर्गत एमसीसी र नेदरल्याण्ड तथा नेपाल र एमसीसीबीचको अनय दुवै खेल भने ६–६ ओभरमा छोट्याइएको थियो। एमसीसीसंगको खेलमा नेपालले ९ विकेटको जित हात पारयो ।४१ रनको लक्ष्य सजिलै पार गर्दै नेपालले जितेको हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्डले एमसीसीलाई १० रनले पराजित गरेको थियो।
त्यसअवसरमा बेलायत भ्रमणमा रहेका महानायक राजेश हमाल, बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरु पनि उपस्थित थिए ।
हेर्नुस -लण्डन नेपाल न्यूज़ डट कमका प्रधान सम्पादक शिब भण्डारीले निकै उत्साहित दर्शकहरुको प्रतिकिर्या सहित तयार पारेको स्थलगत लाइभ भिडियो रिपोर्ट :
https://www.facebook.com/londonnepalnews/videos/1729581593827028/














