बिसीसी लन्डन ब्रान्चले मनायो २५६२ औं बुद्ध जयन्ती

लण्डन । शान्तिका अग्रदूत गौतम बुद्धको सम्झनामा विश्वका विभिन्न मुलुकमा बुद्ध जयन्ती मनाइएको छ।  बुद्ध धर्मावलम्बीहरूले भगवान बुद्धको पूजाआराधना गरी बुद्ध जयन्ती मनाएका हुन् ।यसैबीच बिसीसी युकेले पनि आईतबार साउथ ह्यारोस्थित स्पोर्ट क्लबको सभालहमा २५६२ औं बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न गरेको छ।

साउथ ह्यारोस्थित स्पोर्ट क्लबको सभाहलामा बिसीसी लण्डन ब्रान्चले बृहत पूजापाठ गरि शान्तिका अग्रदूत, एशियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्म जयन्ती मनाएको हो ।

पूजापाठ सञ्चालन नेपाल देखि आउनु भएका गुरु लामा रक्ष गुरुङ ,पाल्देन गुरुङ् तथा स्थानिय प्रेम लामा तामाङ सहित दोस्रो पटक काउन्सिलरको पदमा उमेद्वार बिष्णु बहादुर गुरुङ एबम बिसीसी लण्डन ब्रान्चका अध्यक्ष गमर सिंह गुरुङ् ,महासचिब मोतिलाल तामाङ ,आमा समुहकी पूर्णमाया गुरुङ् ,दिलमाया गुरुङ् अन्तिम गुरुङ् तथा कार्य समिती एबम उपस्थित भक्तजनहरुले दिप प्रज्वलन गरि आरम्भ गरिएको पूजापाठमा लामा गुरुहरुले बुद्ध जयन्तीको महत्व, बुद्धको जिवनी, उपदेश, धर्म र संस्कारबारे प्रवचन पनि दिएका थिए।

पूजापाठ र प्रवचनपछि उपस्थित सबै भक्तजनहरुले लामा गुरुहरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।

विगत २ वर्ष देखि नै निरन्तर बैशाख पूर्णिमाको अवसरमा बुद्ध जयन्ती पूजा सञ्चालन गर्दै आएको यस सस्थाले एउटा कम्युनिटी सेन्टर खडा गरेर सबैलाई समेट्न सक्ने सेन्टर बनाउने लक्ष्य रहेको महासचिब मोतिलाल तामाङ ले बताए।

कार्यक्रममा सस्थाका अध्यक्ष गमर सिंह गुरुङले स्वागत मन्तब्य दिनुका साथै उपस्थित श्रद्धालु भक्तजनहरुलाई स्वागत गरेका थिए ।

त्यसैगरि सस्थाका सल्लाहकार एबम तमु धीं लन्डनका पूर्व अध्यक्ष दिपक गुरुङ ‘डेबिड’ले अहिंसा, सत्य र संयमलाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनु नै बुद्धधर्मको सार संक्षेप हो उनले भने ।

पूजा कार्यक्रमका लागि श्रद्धाभावले खानपिन एबम अन्य आवश्यक सहयोग उपलब्ध आमा समूहको टोलीले गरेको थियो ।