‘सयपत्रि नेपाली सांस्क़ृतिक समुह युके’ अब डम्बर सिंहले हांक्दै !!

लण्डन,

भर्खरै सम्पन्न ‘सयपत्रि नेपाली सांस्क़ृतिक समुह यु.के’ को साधारणसभाले डम्बर सिंहको अध्यक्षतामा सर्बसम्मत नयां कार्यसमिति चयन गरेको छ । चयन भएको नयां कार्यसमितिको उपाध्यक्षमा दिपक शाही  र  प्रभु गुरुङ्ग,  सचिबमा गौरब क्षेत्री ,  उपसचिबमा दिपक खड्का , कोषाध्यक्षमा दिपक जि.सी. र सहकोषाध्यक्षमा गिता के.सि. रहेका छन् । त्यसैगरि बोर्डको सदस्यहरुमा अबिशा गुरुङ्ग,  अस्बिन शाही,  डि.बि. सुनार र दिनेश अर्याल चयन भएका छन् ।londonnepalnews.com
नवनिर्वाचित अध्यक्ष डम्बर सिंहले यो संस्था बिशुद्द सामाजिक संस्था भएको बताऊंदै सबै नेपालीहरुको साझा घर भएको उल्लेख गरेका थिए । ‘नेपाली कला-संस्क़्र्ती नै रास्ट्रको पहिचान हो’  भन्ने मुल नारा बोकेको यस संस्थाले बेलायतका अधिकांस कार्यक्रमहरुमा आफ्नो उत्साहजनक प्रस्तुति दिंदै आएको छ । कार्यक्रममा समुहका संस्थापक अध्यक्ष एल. बि. गुरुङ्गले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।