काठमाडौं– मानव बेचबिखनको आरोपमा थुनामा रहेका नुवाकोटका एक निलम्बित वडा अध्यक्षलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजालसले बिहीबार सो आदेश दिएको हो ।
सुन्तली तामाङको नाममा दर्ता भएको जाहेरीले वडाअध्यक्ष सुनबहादुर तामाङमथि जिउ मास्ने, बेच्ने मुद्धामा नुवाकोट जिल्ला अदालतबाट ०६८ साल असोज २६ गते भएको फैसला बमोजिम कैद सजाय तोकिएका व्यक्तिको एकिन नभएकोले सुनबहादुर त्यसमा दोषी नदेखिने सर्वोच्चको ठहर छ । सोही फैसला बमोजिम सुनबहादुर थुनामा रहेका छन् ।
सर्वोच्चले जिल्ला अदालत काठमाडौंबाट २०७४ माघ ८ गते म्याद ठेकी पठाउनु भन्ने कारबाही कानुन विपरित भएको समेत ठहर गरेको छ ।






