कुन रोगका कारण भयो हकिङको निधन ?

लण्डन। क्वांटम फिजिक्स,ब्ल्याक होल, स्पेस र ब्रम्हाण्डसँग सम्बन्धित राज थाहा पाउनु जति रोचक छ, त्यो भन्दा धेरै गुणा बढी रहस्य पत्ता लगाउन हुन्छ।

तर, एक यस्ता वैज्ञानिक आए, जो एक भयानक शारीरिक बिरामीले ग्रस्त र ह्विलचेयरमा बसी बसी अन्तरिक्षसँग सम्बन्धित पुराना सिद्धान्तलाई चुनौती दिए। तर, आज ७६ वर्षको उमेरमा उनको त्यही विरामीले उनलाई पराजित गर्यो। उल्लेख्य कुरा के छ भने पूरा विश्वलाई फिजिक्ससँग जिउने तरिका सिकाउने स्टेफन हकिङ मृत्युसँग हारेर पनि जिते।

तपाइँलाई यी वैज्ञानिकको खोजका बारेका धेरै कुरा थाहा नहुन सक्छ। तर उनको अनुहारलाई भने देखेको हुनुपर्छ। स्टेफन हकिङलाई आधुनिक विज्ञानको पोस्टर ब्वाइ भनिन्छ। त्यसको पछाडिको मुख्य कारण उनले कहिल्यै पनि आफ्नो कामलाई आम जनतासँग लुकाउने गरेनन्।

उनी जहिल्यै पनि धेरै भन्दा धेरै मानिसले भौतिकशास्त्र र खगोलशास्त्रको दुनियामा के खोज भइरहेको छ भन्ने जानकारी दिन चाहन्थे। स्वभावले निकै फरासिला र रमाइला यी वैज्ञानिक किनै कम उमेरमा एक खतरनाक बिरामीबाट ग्रस्त भएका थिए। र, त्यो बिमारीलाई पनि उनले आफ्नो जीवनको शक्ति बनाए। आफ्नो निधन हुनुभन्दा केही दिन अगाडि वैज्ञानिकहरुको एउटा भेलामा उनले भनेका थिए, ‘मेरो शरीर विमारी भएर राम्रो भयो।

यो बिमारी भन्दा पहिला नै म आफ्नो शरीरदेखि दिक्क भएको थिएँ। बिरामीपछि प्रत्येक दिन मलाई नयाँ चुनौतीको सामना गर्नुपर्छ।’ ८ जनवरी १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका स्टेफनका बुवा रिसर्च बायोलजिस्ट थिए भने आमा अर्थशास्त्रकी विद्यार्थी थिइन्।

उनको पालन पोषण लण्डन सेन्ट अल्बन्समा भएको थियो। उनी अक्सपोर्डमा फिजिक्समा पहिलो डिग्री लिएपछि कस्मोलोजी ब्रम्हाण्ड विज्ञानमा पोस्टग्रेजुएट रिसर्च गर्न क्याम्ब्रिज गए।
१९६३ मा अचानक त्यही यूनिवर्सिटीबाट उनी मोटर न्यूरोन रोगबाट पीडित छन्।

कलेज पढ्दा उनलाई सवारी चलाउने चाहना थियो। तर त्यस विरामीका कारण उनको चाहना अपुरै रह्यो।

सन् १९६४ मा जब उनले विवाह गर्ने तयारी गरे, तब डाक्टरले उनलाई धेरैमा ३ वर्ष मात्र बाच्ने बताएका थिए। तर हकिङको भाग्यले साथ दियो र उनी अहिलेसम्म बाच्न सफल भए।

के हो मोटर न्यूरोन डिसिज ?
एनएचएसका अनुसार यो एक असाधारण रोग हो। जसले दिमाग र तन्त्रमा असर पुर्याउँछ। यसले शरीरमा कमजोरी पैदा गर्छ र विस्तारै शरीरले काम गर्न छोड्छ।

यो विरामी ज्यान लिने र जीवनकाललाई सिमित बनाइदिने गर्छ। तर हाल केही व्यक्ति धेरै जिउन सफल बन्ने गरेका छन्। हकिङको विषयमा पनि यस्तै भयो।

यस विरामीको कुनै उपचार छैन्। तर उक्त विरामीलाई सिमित गराउन सक्ने उपचार भने हुन्छ।

के हो लक्षण ?
-यस विरामी अचानक हुने गर्दछ। यसको लक्षण सुरुमा थाहा हुँदैन्, विस्तारै मात्र पत्ता लाग्छ। यस्ता छन् यसका लक्षण ः
-हात वा खुट्टामा कमजोरी महशुस हुनु। यो रोग लागेका विरामी हिँड्दा लडखडाउनु वा सिढीहरु चढन नसक्नु।
-बोल्नमा समस्या देखिनु तथा केही खानेकुरामा  खानमा पनि समस्या हुनु।
-हातको पञ्जा कमजोर हुन थाल्नु, केही कुरा पक्रन खोज्दा हातबाट झर्न थाल्छ। डिब्बाको बिर्को लगाउँदा वा बन्द गर्दा पनि समस्या हुनु।
-मांसपेशिमा क्याम्प आउन सक्छ।
-वजन कम हुनु, हात तथा खुट्टाको मांसपेशी विस्तारै पातलो हुँदै जानु।
-रुनु र हाँस्तुलाई रोक्न नसक्नु
-यो एक असाधारण स्थिती हो। जुन ६० र ७० वर्षको उमेरमा बढी देखिन्छ। तर जुन कुनै उमेरमा पनि यो रोग लाग्न सक्छ।

एजेन्सी